2026-06-28 09:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ओमान र नेपालबीच जारी क्रिकेट खेल प्रभावित, ८४ रनले नेपाल बिजयी

वैशाख ८, काठमाडौँ । काठमाडौँको मौसम परिवर्तन भएपछि जारी एसीसी प्रिमियर कप अन्तर्गतको क्रिकेट खेल प्रभावित भएको छ । एक्कासी हावा हुरीको कारण पटक पटक त्रिवि क्रिकेट मैदानमा जारी खेल प्रभावित भएको थियो । 

यसैबीच नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ । नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले ४७ ओभरको खेलसम्ममा २२६ रन मात्र बनाउन सक्यो । ४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल विजयी भएको हो ।

खेलको ओमानलाई जित्ने क्रममा नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए भने दिपेन्द्रसिंह ऐरी दुई र ललित राजवंशी एक–एक विकेट लिए ।

ओमानका मोहम्मद नदीमले सर्वाधिक ६५ रन बनाएपनि जितका लागि प्राप्त हुन सकेन । सन्दीप गौड ४६ , आयन खान २९, फैयज बट १९, जतिन्दर सिंह १५, आदिल शफिक १३ र कलिमुल्लाह २ रनमा आउट भए । 

काठमाडौँको मौसम परिवर्तनको कारण क्रिकेट मैदानमा पटक-पटक हावाहुरीले समस्या पारेको थियो । यस क्रममा खेलको दोश्रो इनिङको मध्येक्रमबाट मौसम बदली भएर हुरी आउने र साइड बोर्डहरु ढल्ने तथा हुरीकै कारण खेलमा समस्या समेत आएको थियो । 


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मद्धतमा कीर्तिमानी ३१० रन बनाएको थियो । आजको खेलमा ३ विकेट लिएका नेपाली बलर सन्दिप लामिछानेले एक दिवसीय क्रिकेटमा सर्वाधिक विकेट लिएर क्रितिमानी समेत गरेका छन् । लामिछानेले अफगानी बलर राशिद खानको ४४ खेलमा बनेको १०० विकेटलाई तोड्दै ४२ खेलमै १०२ विकेटको कृतिमानी रेकर्ड बनाएका हुन् । 

ओडिआईमा ओमानलाई लक्ष्य दिने क्रममा नेपालले ३१० रन बनाएको नेपालको लागि यो कीर्तिमानी स्कोर हो । खेलमा युवा अलराउण्डर कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीले अर्धशतक प्रहार गर्दा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।

नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो । कीर्तिपुरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ रोजेको नेपालका लागि कुशल मल्लले १०८ रन र सोमपाल कामीले अविजित ६३ रन बनाए ।

पहिलो चार ओभरमा कुनै रन जोड्न नसकेको नेपालले २८ औ बलको सामना गरेपछि मात्र रनको खाता खोलेको थियो । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल बिना रन आउट हुँदा नेपाल सुरुवातमै कमजोर बनेको थियो । 

तेस्रो ओभरमा कुशल भुर्तेल बिलाल खानले एलबीडब्लु धरापमा परे । आसिफलाई कलिमुल्लाहको चौथो ओभरमा बोल्ड गरे ।

त्यसपछि आएका भिम शार्की र कप्तान रोहित पौडेलले अर्धशतकिय साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले । तेस्रो विकेटका लागि भिम र रोहितले ५४ रनको साझेदारी खेले ।

यस क्रममा रोहितले ३४ बलमा २३ रन बनाए भने त्यसपछि भिम २० औं ओभरमा ३३ रन बनाएर आउट भए । 

त्यसपछि आरिफ शेख र कुशल मल्लले पाँचौ विकेटका लागि ७५ रनको साझेदारी गरे । यस क्रममा आरिफले २९ रन बनाए भने कुशलले ६४ बल खेल्दै ९ चौका र १० छक्का मदतमा १०८ रन बनाए । त्यसपछि दीपेन्द्र सिंह ऐरी ७ र सन्दीप लामिछाने ८ रनमा आउट भए ।

सोमपाल र करण केसीले नवौँ विकेटका लागि अविजित ६१ रनको साझेदारी गरे । सोमपालले ४८ बल खेल्दै ९ चौका मदतमा अविजित ६३ रन बनाए । करणले १५ बलमा २ चौका र १ छक्का मदतमा अविजित २९ रन बनाए ।

खेलमा ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी