2026-08-24 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

IPL: पञ्जाबले मुम्बईलाई १३ रनले हरायो (अंक तालिका सहित)

वैशाख १०, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई १३ रनले पराजित गरेको छ ।

घरेलु मैदान वाङखडे स्टेडियममा पन्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्र बनायो ।

मुम्बईलाई जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको थियो । तर पञ्जाबका बलर अर्शदीप सिंहले उत्कृष्ट बलिङ गर्दै २ रन मात्र दिएर २ विकेट लिएपछि मुम्बई पराजित भएको हो ।

मुम्बईका लागि क्यामरुन ग्रीन र सूर्यकुमार यादवले अर्धशतक बनाए पनि जितका लागि पर्याप्त भएन । ग्रीनले ४३ बलमा ६ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६७ रन बनाए । सूर्यकुमारले २६ बलमा ७ चौका र ३ छक्का प्रहार गरी ५७ रन बनाए ।

कप्तान रोहित शर्माले २७ बलमा ४४ रन बनाए । टिम डेभिडले १३ बलमा २ छक्का प्रहार गर्दै अविजित २५ रन बनाए । पन्जाबका लागि अर्शदीप सिंहले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले कप्तान साम करन र विकेटकिपर वितेश शर्माको विष्फोटक ब्याटिङ मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २१४ रन बनाएको थियो ।

करनले २९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५५ रन बनाए । हरप्रित सिंहले २८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ४१ रन बनाए । अथर्व ताइडेले १७ बलमा २९ र प्रभसिमरन सिंहले १७ बलमा २६ रन जोडे । जितेश शर्मा ७ बलमा ४ छक्का प्रहार गर्दै अविजित २५ रन बनाए ।

मुम्बईका लागि पियुष चावला र क्यामरुन ग्रीनले समान दुई–दुई तथा जेसन बेहरनडोफ, जोफ्रा आर्चर र अर्जुन तेन्दुल्करले समान एक–एक विकेट लिए ।

चौथो जितपछि ७ खेलबाट ८ अंक जोडेको पञ्जाब पाँचौ स्थानमा उक्लेको छ । शीर्ष चारमा रहेका राजस्थान, लखनउ, चेन्नाई र गुजरातको पनि समान ८ अंक नै छ ।

तेस्रो हार बेहोरेको मुम्बई ६ खेलबाट ६ अंकसहित सातौं स्थानमै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते