2026-11-01 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

काठमाडौँमा जारी एसीसी प्रिमियर कप: युएइद्वारा ४७२ रनको विशाल लक्ष्य प्रस्तुत

वैशाख १०, काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत काठमाडौँका जारी क्रिकेट खेलमा युएइले सिंगापुर विरुद्ध ४७२ रनको बिशाल लक्ष्य दिएको छ । युएईले पुरै ओभरको खेल खेल्दै सिंगापुरलाई नेपालको त्रिबी स्थित मैदानको लागि एकदिवसीय प्रतियोगिता अन्तर्गत हालसम्मकै बिशाल रनको लक्ष्य पेश गरेको हो । 

सिंगापुर बिरुद्ध बिशाल लक्ष्य दिने क्रममा युएईका लागि युएईका भ्रितिय अरविन्दले सर्वाधिक १७४ रन बनाए । १३३ बल खर्चिएका उनले ७ छक्का र १७ चौका प्रहार गर्दै विशाल स्कोर खडा गरेका हुन् । त्यस्तै युएईका ओपनिङ ब्याट्सम्यान मुहम्मद वासिमले ८२ बल मात्र खर्चिएर १६ छक्का र ९ चौका प्रहार गर्दै १६० रन बनाए । खेलमा युएईका अर्का ब्याट्सम्यान आयन खानले ५० बल खर्चिएर ३ छक्का र ९ चौकाको मद्धतले ७४ रन जोडे । 

खेलको ५० औं ओभरको अन्तिम बलमा सबै विकेट गुमाएको युएईका लागि आयन लाक्राले १२ रन, आसिफ खानले ११ रन, रोहण मुस्तफाले ३ रन, कार्तिख मेह्पानले १ रन जोडेर आउट भए । खेलमा १६ जोडेर सन्चित शर्मा नट आउट रहे भने रमिज सह्जाद, जुनिद सिदक्यु र जाहोर खानले कुनै रन जोड्न सकेनन् । 

सिंगापुरको लागि आदवित्य भार्गोभाले सर्वाधिक ४ विकेट, रमेश कालिमुथुले ३, विनोथ वास्करणले २ र मनप्रित सिङले १ विकेट लिए । 

उता मुलपानी स्थिति क्रिकेट मैदानमा अहिले ओमान र मलेसिया बीच पनि प्रतिस्पर्धा हुँदैछ । खेलमा मलेसियाले ओमानसामु २२८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २२७ रनको योगफल खडा गर्‍यो ।

मलेसियाका विरन्दिप सिंहले ९४ रन बनाए । विरन्दिपले १४४ बलमा १३ चौका प्रहार गरे । मुहम्मद सहादतले ५५, मुहम्मद अमिरले २०, मुहम्मद वफिकले १९ र सयेद अजिजले १८ रन बनाए ।

ओमानका कप्तान जिसन मक्सुदले चार विकेट लिए । १० ओभर बलिङ गरेका मक्सुदले ३५ रन खर्चिए । बिलाल खान र आयान खानले समान दुई विकेट लिँदा कलिमुल्लाहले एक विकेट हात पारे ।

प्रतियोगितामा दुवै टिमको यो तेस्रो खेल हो । मलेसियाले दुई खेलमध्ये एकमा जित र एकमा हारको नतिजा आत्मसाथ गर्दा ओमानले पनि एक खेलमा जित र अर्कोमा हार व्यहोरेको थियो ।

यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

प्रिमियर कपको समूह ‘ए’ नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द