2026-07-27 04:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

काठमाडौँमा जारी एसीसी प्रिमियर कप: युएइद्वारा ४७२ रनको विशाल लक्ष्य प्रस्तुत

वैशाख १०, काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत काठमाडौँका जारी क्रिकेट खेलमा युएइले सिंगापुर विरुद्ध ४७२ रनको बिशाल लक्ष्य दिएको छ । युएईले पुरै ओभरको खेल खेल्दै सिंगापुरलाई नेपालको त्रिबी स्थित मैदानको लागि एकदिवसीय प्रतियोगिता अन्तर्गत हालसम्मकै बिशाल रनको लक्ष्य पेश गरेको हो । 

सिंगापुर बिरुद्ध बिशाल लक्ष्य दिने क्रममा युएईका लागि युएईका भ्रितिय अरविन्दले सर्वाधिक १७४ रन बनाए । १३३ बल खर्चिएका उनले ७ छक्का र १७ चौका प्रहार गर्दै विशाल स्कोर खडा गरेका हुन् । त्यस्तै युएईका ओपनिङ ब्याट्सम्यान मुहम्मद वासिमले ८२ बल मात्र खर्चिएर १६ छक्का र ९ चौका प्रहार गर्दै १६० रन बनाए । खेलमा युएईका अर्का ब्याट्सम्यान आयन खानले ५० बल खर्चिएर ३ छक्का र ९ चौकाको मद्धतले ७४ रन जोडे । 

खेलको ५० औं ओभरको अन्तिम बलमा सबै विकेट गुमाएको युएईका लागि आयन लाक्राले १२ रन, आसिफ खानले ११ रन, रोहण मुस्तफाले ३ रन, कार्तिख मेह्पानले १ रन जोडेर आउट भए । खेलमा १६ जोडेर सन्चित शर्मा नट आउट रहे भने रमिज सह्जाद, जुनिद सिदक्यु र जाहोर खानले कुनै रन जोड्न सकेनन् । 

सिंगापुरको लागि आदवित्य भार्गोभाले सर्वाधिक ४ विकेट, रमेश कालिमुथुले ३, विनोथ वास्करणले २ र मनप्रित सिङले १ विकेट लिए । 

उता मुलपानी स्थिति क्रिकेट मैदानमा अहिले ओमान र मलेसिया बीच पनि प्रतिस्पर्धा हुँदैछ । खेलमा मलेसियाले ओमानसामु २२८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २२७ रनको योगफल खडा गर्‍यो ।

मलेसियाका विरन्दिप सिंहले ९४ रन बनाए । विरन्दिपले १४४ बलमा १३ चौका प्रहार गरे । मुहम्मद सहादतले ५५, मुहम्मद अमिरले २०, मुहम्मद वफिकले १९ र सयेद अजिजले १८ रन बनाए ।

ओमानका कप्तान जिसन मक्सुदले चार विकेट लिए । १० ओभर बलिङ गरेका मक्सुदले ३५ रन खर्चिए । बिलाल खान र आयान खानले समान दुई विकेट लिँदा कलिमुल्लाहले एक विकेट हात पारे ।

प्रतियोगितामा दुवै टिमको यो तेस्रो खेल हो । मलेसियाले दुई खेलमध्ये एकमा जित र एकमा हारको नतिजा आत्मसाथ गर्दा ओमानले पनि एक खेलमा जित र अर्कोमा हार व्यहोरेको थियो ।

यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

प्रिमियर कपको समूह ‘ए’ नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली