2026-09-21 01:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सिंगापुरलाई हराउँदै कुवेत शीर्ष ३ मा, सेमिफाइनल सम्भावना कायमै

वैशाख १२, काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत समुह बीको खेलमा सिंगापुरलाई ४ विकेटले पराजित गर्दै कुवेत समुह बीको शीर्ष तीनमा उक्लिएको छ । यो जितसँगै कुवेतको सेमिफाइनल पुग्ने संभावना कायम छ । कुवेतले अब बिहीबार हङकङसँग खेल्ने छ । यो खेल जितेमा कुवेत सेमिफाइनलमा पुग्ने छ ।

त्यो खेल हारेमा भने कुवेतले सेमिफाइनल पुग्नका लागि यूएई र बहराइनबीचको खेलको नतिजामा भर पर्नु पर्छ । हङकङ पहिलो र यूएई दोस्रो स्थानमा छन् । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सिंगापुर ३१.४ ओभरमा ११३ रन बनाउँदै अल आउट भएको हो ।

सिंगापुरका लागि अम्रत्य कौलले ६० बलमा ९ चौका सहित सर्वाधिक ४५ रन बनाए । मनप्रित सिंहले ४४ बलमा ३ चौका र १ छक्का सहित २८ रन जोडे । थिलिपनले १३ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुवेतका लागि मोहम्मद अस्लमले सार्वधिक ५ विकेट लिए ।

उनले ८.४ ओभर बलिङ गर्दै २ मेडन सहित २० रन खर्चिएका हुन् । सिराज खानले ६ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले २६.३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । कुवेतका लागि ओपनर अद्नान इद्रिसले २८ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ३८ रन बनाए ।

सिराज खानले १० रन बनाए । मित भवसार र यसिन पटेलले क्रमशः २७ र २१ रनको अविजित पारी खेले । सिंगापुरका लागि विनोद बस्करन र अकक्ष्य पुरीले समान २–२ विकेट लिए । आदित्य भारगाभा र थिलिपनले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल