2026-09-21 01:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सेमिफाइनल प्रवेशका लागि यूएईलाई ११७ रनको लक्ष्य

बैशाख १३, काठमाडौँ | एसीसी प्रिमियर कपको समूह ‘बी’ खेलमा बहराइनले युनाइटेड अरब इमिरेट्स (यूएई) सामू ११७ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको बहराइन ४०.५ ओभरमा ११६ रनमै समेटिएपछि यूएईले सेमिफाइनल प्रवेशका लागि ११७ रनको झिनो लक्ष्य पाएको हो ।

बहराइनका कप्तान हैदर बट र अलि दाउदले समान २३ रन बनाए । मुहम्मद युनिसले १६, इमरान अन्वरले १४ र अब्दुल मजिदले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बहराइनका दुई ब्याटर ‘गोल्डेन डक’ भएका थिए ।

बहराइनलाई झिनो योगफलमा रोक्न अयान अफ्जल खानले चार विकेट लिए । १० ओभर बलिङ गरेका अफ्जलले सात मेडन राख्दै ६ रनमात्र खर्चिएका थिए । रोहन मुस्तफा र कार्थिक मयप्पनले समान दुई विकेट लिए । जहुर खानको नाममा एक विकेट रह्यो ।

समूह ‘बी’ बाट सेमिफाइनल प्रवेशका लागि आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको यूएईले तीन खेलबाट चार अंक जोडको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल