2026-06-28 10:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साउदीलाई हराउदै ओमान सेमिफाइनलमा

बैशाख १३, काठमाडौँ | एसीसी प्रिमियर कप अन्तर्गत समुह ए मा रहेको ओमानले साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

टियु क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा ओमानले साउदी अरेबियालाई ७२ रनले पराजित गर्दै सेमिफाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो ।

ओमानले दिएको ३६७ रनको लक्ष्य पछ्याएको साउदी अरेबियाले ४६.५ ओभरमा अल आउट हुदै २९४ रन बनाएको थियो ।


साउदीका लागि अब्दुल वाहीदले सर्बाधिक ९५ रन बनाएका थिए भने साद खानले ७८, कप्तान हिशाम शेखले ३६, अब्दुल वहिदले २५ रन बनाएका थिए ।

त्यस्तै ओमानका बलर बिलाल खानले सर्बाधिक ४ विकेट लिए भने जय ओडेड्राले ३ विकेट लिएका थिएका थिए । त्यस्तै जीशाम मक्सूदले २ तथा आयान खानले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको ओमानले ५० ओभरमा ६ विकेट गुमाउदै ३६६ रन बनाएको थियो ।

ओमानका लागि जतिन्दर सिंहले सर्बाधिक ८८ रन बनाएका थिए भने मोहमद नदीमले ७१, शोइब खानले ६८, कप्तान जीशान मक्सुदले ५४ रन बनाएका थिए । त्यस्तै कश्यप प्रजापतिले ५१, मोहमद खुशीले ४५ रन बनाएका थिए ।

त्यस्तै साउदी अरेबियाका बलरअतिफ उस रहमानले ३ विकेट लिए भने अब्दुल वाहिदले २ तथा अब्दुल वाहीदले एक विकेट लिएका थिए ।

यो जितसँगै समुह ए बाट ओमानको ४ खेलमा ६ अंक भएको छ र सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह ए बाट नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । अब यस समुहबाट समुह विजेताको टुंगो भने विहिबार हुने नेपाल र कतारबीचको खेलपछि लाग्ने भएको छ 

त्यस्तै साउदी अरेबियाको भने ४ खेलमा ३ अंक रहेको छ र साउदी सेमिफाइनलमा पुग्न असफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी