2026-06-28 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी प्रिमियर कप : भोलि र पर्सि वर्षाको सम्भावना, फाइनल बिथोलिए के हुन्छ ?

वैशाख १७, काठमाडौँ | एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाले प्रभावित हुने देखिएको छ । भोलि र पर्सि काठमाडौंलगायत देशभर मौसम बदली र वर्षाको प्रक्षेपण गरिएकाले फाइनल खेल अनिश्चित बनेको हो ।

नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनल भोलि त्रिभुवन विश्वविद्यालयको मैदानमा हुँदै छ । हिजोका दुई सेमिफाइनल वर्षाले बिथोलेको थियो । नेपाल र कुवेतबीचको खेल रद्द भएपछि समूह चरणको प्रदर्शनका आधारमा नेपालले फाइनलमा स्थान बनाएको हो ।


यूएई र ओमानबीको सेमिफाइनल पनि वर्षातले प्रभावित भएको थियो । डीएल मेथडका आधारमा यूएईले जित हासिल गर्दै नेपालसँग फाइनल भिडन्त निश्चित भएको छ । तर, मौसमविदहरुले भोलि पनि वर्षाको भविष्यवाणी गरेका छन् । 

क्रिकेटको नियम अनुसार कुनै पनि एक दिवसीय म्याचमा निर्णय आउनका लागि पहिलो इनिङको खेल पूरा सकिएर दोस्रो इनिङको पनि कम्तीमा २० ओभर सकिनुपर्ने हुन्छ । त्यसो भयो भने डकवर्थ लुइस मेथडका आधारमा हार–जितको निर्णय हुन्छ ।

एसीसी प्रिमियर कपको फाइनलमा यदि दोस्रो इनिङको २० ओभर खेल हुन सकेन भने २ वटासम्म सुपरओभर खेलाइने नेपाल क्रिकेट संघले जनाएको छ । यदि पूरा ओभर खेल भएर स्कोर बराबरी भयो भने पनि २ वटासम्म सुपरओभर हुने संघका म्यानेजर विनोद दासले बताए ।

‘हामीले पाएको गाइडलाइन अनुसार रिजल्टका निम्ति फाइनलकै दिन सबै सम्भावित अप्सनहरू हुने हो,’ उनले भने, ‘तर, म्याच अफिसियलहरुको निर्णयमा पनि भर पर्छ ।’

सुपर ओभर भनेको एक–एक ओभरको खेल हो । दुवै टिमले एक–एक ओभर ब्याटिङ गर्दा जसले धेरै रन बनाउँछ त्यही विजेता हुन्छ ।

यदि भोलि सुपरओभर पनि हुन नसकेको खण्डमा फाइनलका लागि पर्सिलाई रिजर्भ डे राखिएको छ । अर्थात् मङ्गलवार फाइनल खेल हुन सक्छ । यदि मङ्गलवार पनि पानीले बिथोल्यो भने सुपरओभरमा जान्छ । सुपर ओभर पनि हुन सकेन भने एक दिवसीय वरियतामा जुन टिम अगाडि छ, त्यही अर्को चरणका लागि छनोट हुने बताउँछन् क्यानका म्यानेजर दास ।

एक दिवसीय वरियतामा नेपाल १४ औँ र यूएई १९ औँ स्थानमा छन् । त्यसैले यदि खेल हुन नसकेको खण्डमा एक दिवसीय वरियतामा अगाडि रहेका कारण नेपाल एसिया कपका लागि छनोट हुने छ ।

एसिया कपको १६ औँ संस्करण आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुँदै छ । प्रतियोगिताको सेड्यूल सार्वजनिक भइसकेको छैन । यस प्रतियोगितामा ६ वटा एसियाली राष्ट्रले सहभागिता जनाउनेछन् । एसियन क्रिकेट काउन्सिलका ५ फुल मेम्बरहरू अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाले एसियाकप खेल्नेछन् । अब एउटा टिमको टुंगो लाग्न बाँकी छ । एसियन प्रिमियर कपको फाइनल विजेताले त्यो स्थान पूरा गर्नेछ । अर्थात् नेपाल र यूएईमध्ये एउटा टिम एसिया कपका लागि छनोट हुनेछन् ।

एसिया कपमा सहभागी टिमहरू दुई वटा समूहमा खेल्ने छन् । समूह एमा भारत र पाकिस्तान छन् भने तेस्रो देशको रूपमा नेपाल वा यूएई पुग्नेछन् । समूहबीचमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । एसिया कपको अघिल्लो संस्करण श्रीलंकाले जितेको थियो । यसपालिको एसिया कपमा भारतले पाकिस्तान गएर नखेल्ने बताइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी