2026-11-01 01:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी प्रिमियर कप : भोलि र पर्सि वर्षाको सम्भावना, फाइनल बिथोलिए के हुन्छ ?

वैशाख १७, काठमाडौँ | एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाले प्रभावित हुने देखिएको छ । भोलि र पर्सि काठमाडौंलगायत देशभर मौसम बदली र वर्षाको प्रक्षेपण गरिएकाले फाइनल खेल अनिश्चित बनेको हो ।

नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनल भोलि त्रिभुवन विश्वविद्यालयको मैदानमा हुँदै छ । हिजोका दुई सेमिफाइनल वर्षाले बिथोलेको थियो । नेपाल र कुवेतबीचको खेल रद्द भएपछि समूह चरणको प्रदर्शनका आधारमा नेपालले फाइनलमा स्थान बनाएको हो ।

यूएई र ओमानबीको सेमिफाइनल पनि वर्षातले प्रभावित भएको थियो । डीएल मेथडका आधारमा यूएईले जित हासिल गर्दै नेपालसँग फाइनल भिडन्त निश्चित भएको छ । तर, मौसमविदहरुले भोलि पनि वर्षाको भविष्यवाणी गरेका छन् । 

क्रिकेटको नियम अनुसार कुनै पनि एक दिवसीय म्याचमा निर्णय आउनका लागि पहिलो इनिङको खेल पूरा सकिएर दोस्रो इनिङको पनि कम्तीमा २० ओभर सकिनुपर्ने हुन्छ । त्यसो भयो भने डकवर्थ लुइस मेथडका आधारमा हार–जितको निर्णय हुन्छ ।

एसीसी प्रिमियर कपको फाइनलमा यदि दोस्रो इनिङको २० ओभर खेल हुन सकेन भने २ वटासम्म सुपरओभर खेलाइने नेपाल क्रिकेट संघले जनाएको छ । यदि पूरा ओभर खेल भएर स्कोर बराबरी भयो भने पनि २ वटासम्म सुपरओभर हुने संघका म्यानेजर विनोद दासले बताए ।

‘हामीले पाएको गाइडलाइन अनुसार रिजल्टका निम्ति फाइनलकै दिन सबै सम्भावित अप्सनहरू हुने हो,’ उनले भने, ‘तर, म्याच अफिसियलहरुको निर्णयमा पनि भर पर्छ ।’

सुपर ओभर भनेको एक–एक ओभरको खेल हो । दुवै टिमले एक–एक ओभर ब्याटिङ गर्दा जसले धेरै रन बनाउँछ त्यही विजेता हुन्छ ।

यदि भोलि सुपरओभर पनि हुन नसकेको खण्डमा फाइनलका लागि पर्सिलाई रिजर्भ डे राखिएको छ । अर्थात् मङ्गलवार फाइनल खेल हुन सक्छ । यदि मङ्गलवार पनि पानीले बिथोल्यो भने सुपरओभरमा जान्छ । सुपर ओभर पनि हुन सकेन भने एक दिवसीय वरियतामा जुन टिम अगाडि छ, त्यही अर्को चरणका लागि छनोट हुने बताउँछन् क्यानका म्यानेजर दास ।

एक दिवसीय वरियतामा नेपाल १४ औँ र यूएई १९ औँ स्थानमा छन् । त्यसैले यदि खेल हुन नसकेको खण्डमा एक दिवसीय वरियतामा अगाडि रहेका कारण नेपाल एसिया कपका लागि छनोट हुने छ ।

एसिया कपको १६ औँ संस्करण आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुँदै छ । प्रतियोगिताको सेड्यूल सार्वजनिक भइसकेको छैन । यस प्रतियोगितामा ६ वटा एसियाली राष्ट्रले सहभागिता जनाउनेछन् । एसियन क्रिकेट काउन्सिलका ५ फुल मेम्बरहरू अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाले एसियाकप खेल्नेछन् । अब एउटा टिमको टुंगो लाग्न बाँकी छ । एसियन प्रिमियर कपको फाइनल विजेताले त्यो स्थान पूरा गर्नेछ । अर्थात् नेपाल र यूएईमध्ये एउटा टिम एसिया कपका लागि छनोट हुनेछन् ।

एसिया कपमा सहभागी टिमहरू दुई वटा समूहमा खेल्ने छन् । समूह एमा भारत र पाकिस्तान छन् भने तेस्रो देशको रूपमा नेपाल वा यूएई पुग्नेछन् । समूहबीचमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । एसिया कपको अघिल्लो संस्करण श्रीलंकाले जितेको थियो । यसपालिको एसिया कपमा भारतले पाकिस्तान गएर नखेल्ने बताइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द