2026-11-01 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फाइनल खेलमा युएईले नेपाललाई दियो ११८ रनको लक्ष्य

बैशाख १९, काठमाडौँ | हिजो (सोमबार) वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज (मंगलबार) भएको हो  | आज भएको फाइनल खेलमा युएईले नेपाललाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ | हिजो रोकिएकै चरणबाट बाँकी खेल आज सुरु भएको थियो ।  

फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ डे’ राखिएको थियो । यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाएको थियो | मंगलबार बिहान सोही स्थानबाट इनिङ्स अगाडि बढाएको यूएईले  ३३.१ ओभरमा अलआउट भइ ११७ रनको योगफल तयार गर्न सफल भयो।

नेपालले टस जितेर युएईलाई ब्याटिङको निम्तो दिएको थियो | यूएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए भने आर्यन लाक्राले १३ तथा मुहमद वसिमले ११ रन बनाए । नेपालका लागि ललित राजवंशीले ७.१ ओभरमा १४ रन दिई सर्वाधिक ४ विकेट लिए | तथा सन्दीप लामिछाने र करन केसीले २–२ विकेट लिएका छन् भने  गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिएका छन् ।

आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म एसिया कप प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द