2026-11-01 10:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग सामना गर्ने, यस्तो छ खेल तालिका

वैशाख १९, काठमाडौँ । एकदिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक फड्को मार्दै एसिया कप खेल्ने भएको छ । मंगलबार घरेलु मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कप खेल्ने एतिहासिक अवसर सुरक्षित गरेको हो । 

एसिया कप आगामी सेप्टेम्बरमा पास्किस्तानमा हुँदैछ । तर भारतले एसिया कप खेल्न पाकिस्तान जान नमानेको कारण प्रतियोगिता कहाँ गर्ने भन्ने अनिश्चित रहेको बताइएको छ । यद्यपि, यो विषयलाई लिएर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आफ्नो सरकारसँग थप छलफल गरिरहेको छ ।

भारतले आफ्नो टोली नपठाउने सम्भावना बढेपछि सम्बद्ध सबै पक्ष यतिबेला उचित समाधानको खोजीमा जुटेका छन् । आयोजक राष्ट्र पाकिस्तान पनि प्रतियोगिताले निरन्तरता पाओस् भन्ने चाहनामा रहेको हुँदा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एसीसीमा छुट्टै प्रस्ताव बुझाएको समाचारमा जनाइएको छ ।

खेल पाकिस्तानमै भएमा सेप्टेम्बर २ देखि सुरु हुनेछ । साथै खेलमा नेपालले भारतसँग ६ सेप्टेम्बरमा र पाकिस्तानसँग ९ सेप्टेम्बरमा खेल्नेछ । एसिया कपमा नेपालले पाएको प्रतिद्वन्दी भारतले सुरुदेखि नै ७ पटक एसिया कप जितेको छ भने पाकिस्तानले २ पटक एसिया कप जितेको छ । 

यस्तो छ खेल तालिका हेर्नुहोस् 

सेप्टेम्बर २, २०२३: श्रीलंका बिरुद्ध अफगानिस्तान (इस्लामावाद) 

सेप्टेम्बर ३, २०२३: भारत बिरुद्ध पाकिस्तान (कराची) 

सेप्टेम्बर ५, २०२३: बंगलादेश बिरुद्ध अफगानिस्तान (लाहोर)

सेप्टेम्बर ६, २०२३: भारत बिरुद्ध नेपाल (मुल्तान)

सेप्टेम्बर ८, २०२३: श्रीलंका बिरुद्ध बंगलादेश (कराची) 

सेप्टेम्बर ९, २०२३: पाकिस्तान बिरुद्ध नेपाल (इस्लामावाद) 

बाँकी खेल तालिका: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द