2026-09-21 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जोफ्रा आर्चर आईपीएलबाट बाहिर, क्रिस जोर्डनले रिप्लेस गर्ने

वैशाख २६, काठमाडौं | मुम्बई इन्डियन्सका इंग्लिस फास्ट बलर जोफ्रा आर्चर भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटबाट बाहिरिएका छन् । फिटनेस र चोटसँग संघर्ष गरिरहेका आर्चरले आईपीएलको बाँकी खेल नखेल्ने मुम्बईले जनाएको छ ।

सर्वाधिक ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले यस सिजन आईपीएलमा राम्रो प्रदर्शन गर्न सकेको छैन । त्यसमा पनि स्टार बलर जसप्रित बुमराह सिजन सुरु हुनुअघि नै चोटका कारण बाहिरिसकेका थिए । त्यसमा अर्का स्टार बलर जोफ्रा आर्चरले पनि थपिएका छन् ।

अहिले आर्चर मुम्बईको टिमम नियमित स्थान बनाउन समेत सकेका थिएनन् । आर्चरले घर फर्केर आफ्नो फिटनेस र रिह्याबिलिटेसनमा केन्द्रित हुने मुम्बईले जनाएको छ ।

आर्चरले यस सिजन ५ खेल खेल्दा जम्मा २ विकेट मात्र लिएका थिए । मुम्बईले आर्चरको स्थानमा इंगल्याण्डकै अर्का फास्टर बलर क्रिस जोर्डनलाई भित्र्याएको छ । जोर्डन केही समयअघि नै मुम्बईको टिममा समावेश थिए ।

तर टिममा विदेशी खेलाडीको कोटामा ८ खेलाडी नै रहेकोले जोर्डनले खेल्न पाएका थिएनन् । जोर्डन यस आईपीएलको अक्सनमा अनसोल्ड थिए । तर अब मुम्बईले उनलाई बेस प्राइज २ करोड भारुमा अनुबन्ध गरेको छ ।

मंगलबार मुम्बईले रोएल च्यालेन्जर्स बेंगलोरसँग खेल्दैछ र त्यसमा जोर्डनले खेल्न सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने