2026-08-24 08:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रियल म्याड्रिडलाई हराउदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

जेठ ४, काठमाडौं | इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । म्यानचेस्टर सिटीले बुधबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा स्पेनिस पावर हाउस रियल म्याड्रिडलाई ४—० गोलको फराकिलो अन्तरले हरायो ।

म्यानचेस्टर सिटी समग्रमा ५—१ गोलको अन्तरले फाइनलमा पुगेको हो । अघिल्लो साता रियल म्याड्रिडको घरेलु मैदानमा खेलिएको सेमिफाइनलको पहिलो लेग खेल १—१ गोलको बराबरीमा सकिएको थियो ।

यसपटक म्यानचेस्टर सिटी उच्च मनोबलका साथ पहिलो च्याम्पियन्स लिगउपाधि जित्ने योजनामा लागेको देखिन्छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेग खेलमा प्रारम्भदेखि नै म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई दबाबमा राखेको थियो ।   

म्यानचेस्टर सिटीका लागि सुरुको २ गोल २८ वर्षीय पोर्चुगिज मिडफिल्डर बेनार्डो सिल्भाले गरेका थिए । खेल सुरु भएको २३औं मिनेटमा उनले पहिलो गोल गरेर सिटीलाई अग्रता दिलाए । त्यसपछि निर्धारित समयको ३७ मिनेटमा गोल गर्दै सिल्भाले नै सिटीलाई पहिलो हाफमै २—० को अग्रता दिलाएका थिए ।

खेलको ७६औं मिनेटमा २७ वर्षीय स्विस खेलाडी म्यानुयल अकान्जीले सिटीका लागि तेस्रो गोल थपेका थिए । दोस्रो हाफको इन्जुरी समयमा जुलियन अल्भारेजले टोलीका लागि चौथो गोल गर्दै जित हासिल गरे। 

यो सिजन लयमा देखिएको म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको उपाधि पनि जित्ने अभियानमा छ ।

प्रिमियर लिग तालिकाको पहिलो स्थानमा रहेको म्यानचेस्टर सिटीले ३५ खेलबाट ८५ अंक पाएको छ ।

च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीले इटालियन सिरिए क्लब इन्टर मिलानसँग भिडन्त गर्नेछ । फाइनल खेल आगामी जुन १० तारिखमा टर्कीको इस्तानबुलमा खेलिने छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते