2026-07-25 07:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

उज्वेकिस्तानलाई पराजित गर्दै भारत काभा महिला भलिबलको फाइनलमा

जेठ १२, काठमाडौँ | उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत जारी काभा महिला भलिबल च्यालेन्ज कपको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न पहिलो सेमिफाइनलमा उज्वेकिस्तानलाई हराएको भारतले अब उपाधिका लागि नेपाल र काजकिस्तानबीचको विजेता टिमसँग खेल्नेछ ।

पहिलो सेट २५-१७ ले आफ्नो पक्षमा पारेको भारतले परतिस्पर्धात्मक दोस्रो सेटमा २५-२० ले उज्बेकिस्तानलाई पछि पार्यो । र, तेस्रो सेटमा २५-१५ को सहज जित निकाल्दै फाइनल यात्रा तय गर्यो ।

समूह एको उपविजेताको हैसियतमा उज्वेकिस्तान सेमिफाइनल पुगेको थियो । यस्तै भारत समूह ए को बिजेताको रूपमा सेमिफाइनल पुगेको हो ।

पराजित उज्वेकिस्तानले अब तेस्रो स्थानका लागि नेपाल र काजकिस्तानबीचको खेलमा पराजित टिमसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । जेठ ८ देखि सुरू भएको प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिता रहेको थियो । र, हरेक ४ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक