2026-09-21 12:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

गुजरातलाई हराउँदै चेन्नाइले जित्यो पाँचौं पटक आईपीएल उपाधि

जेठ १६, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । चेन्नईले सोमबार राति खेलिएको फाइनलमा बलियो टिम गुजरात टाइटन्सलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पाँच विकेटले हराएको हो ।

टस हारी पहिलो ब्याटिङ गरेकोको गुजरातले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । चेन्नई जवाफी ब्याटिङमा ओर्लिएपछि पहिलो ओभरको तेस्रो बलपछि नै वर्षाका कारण खेल रोकिएको थियो । पहिलो तीन बलमा चेन्नईले केवल चार रन बनाएको थियो । वर्षा रोकिए पछि चेन्नाइले १५ ओभरमा १७१ रनको लक्ष्य पायो। 

त्यसपछि चेन्नईसँग आक्रामक ब्याटिङ गर्नुको विकल्प रहेन । चेन्नईको जितमा ओपनर डेभन कनवेले ४७ रनको योगदान गरे । उनले केवल २५ बलको सामना गरी दुई छक्का र चार चौका पनि प्रहार गरेका थिए ।

कनवे र रुतुराज गायकवाडले ओपनिङ विकेटका लागि ७४ रनको साझेदारी गरे । गायकवाडले १६ बलमा एक छक्का र तीन चौकाको मद्दतले २६ रन बनाए । त्यस्तै शिवम दुबेले  २१ बलको सामना गरी अविजित ३२ रनको योगदान गरे । 

अजिनक्या रहानेले १३ बलमा २७ रन बनाए । अम्बाटी रायडुले १९ रन जोडे । रविन्द्र जडेजाले केवल ६ बलको सामना गरी एक छक्का र एक चौकाको मद्दतले अविजित १५ रन जोडेर टिमलाई जित हासिल गराए ।

गुजरातका बलर मोहित शर्माले ३ र नुर अहमदले २ विकेट लिए । 

त्यसअघि पहिलो ब्याटिङ गरेको गुजरातका लागि साई सुदर्शनले ९६ रन बनाए | उनले ४७ बलको सामना गरी ६ छक्का र आठ चौका प्रहार गरेका थिए ।

ओपनर ऋद्धिमान शाहले ५४ रन बनाएका थिए । अर्का ओपनर शुभमन गिलले २० बलमा सात चौकाको मद्दतले ३९ रन जोडे । कप्तान हार्दिक पाण्डेयाले अविजित २१ रन बनाएका थिए । चेन्नईका लागि बलर माथिसा पाथिरनाले २ विकेट लिए । उक्त खेलमा डेवन कनवे म्यान अफ दि म्याच घोषित भए । म्यान अफ दि सिरिको पुरस्कार भने शुभमन गिलले पाए ।

कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि चुम्न सफल भए | यसअघि चेन्नईले सन् २०१०, सन् २०११, सन् २०१८ र सन् २०२१ म आईपीएलको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह