2026-08-24 08:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दक्षिण अफ्रिका जाने क्रिकेट टीमलाई सन्दीपले भने- शुभयात्रा

जेठ १६, काठमाडौँ | दक्षिण अफ्रिका भ्रमणबाट छुटेका क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टीमलाई शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू यो भ्रमणमा समावेश नभएको जनाउ पनि दिएका छन् ।

आज पनि जिल्ला अदालतको सुनुवाइ स्थगित भएपछि सन्दीपले दक्षिण अफ्रिका नजाने निर्णय लिएका थिए । सन्दीपविनाको टीम आजै बेलुकी त्यसतर्फ उड्दैछ । दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास म्याच खेल्नेछ । त्यसपछि जिम्बावेमा हुने विश्वकपको छनोट प्रतियोगितामा सहभागी हुनेछ ।

दक्षिण अफ्रिका भ्रमणमा छुटेका सन्दीपले जिम्बावे जाने वा नजाने निर्णय लिइसकेका छैनन् । विश्वकप छनोट सुरु हुनुअघि पनि मुद्दाको सुनुवाइ भएन भने नजाने उनको मनस्थिति छ ।

आफ्नो फेसबुक स्टाटसमा सन्दीपले लेखेका छन्, ‘मलाई तपाईंहरु र तपाईंहरुको क्षमतामा विश्वास छ । तपाईंहरु सबैले नेपालको क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वलाई आफ्नो सम्भावना देखाइसक्नुभएको छ । अब समय आएको छ कि तपाईंहरुले फेरि आफ्नो क्षमतामा विश्वास गर्ने । जहाँ गए पनि आफ्नो उत्कृष्ट दिनुहोला । टीमलाई अगाडिका लागि शुभकामना र शुभयात्रा ।

उनले आफू नभएको राष्ट्रिय टीमको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते