2026-09-21 12:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

डेब्यू सिजनमै ए डिभिजन लिगको च्याम्पियन बन्यो चर्च ब्वाइज

जेठ २३, काठमाडौं | थ्री स्टार क्लबसँग मंगलबार दशरथ रंगशालामा गोलरहित बराबरी खेलेपनि नवप्रवेशी चर्च व्वाइज यूनाइटेड क्लब सहिद स्मारक ए डिभिजन लिग २०७९/८० को च्याम्पियन बनेको छ ।

शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजनमै लिग च्याम्पियन हुने चर्च ब्वाइज दोस्रो क्लब हो । यसअघि, २०४३ सालमा मनाङ मर्स्याङदी क्लबले उपाधि जितेको थियो ।

मनाङ २०४० सालदेखि लगातार डी, सी र बी डिभिजन हुँदै २०४३ सालमा ए डिभिजन च्याम्पियन बनेको थियो । मनाङको सोहि कीर्तिमान बराबरी गर्दै चर्चब्वाइज ए डिभिजन च्याम्पियन बन्यो । चर्च ब्वाइज ए डिभिजन लिग जित्ने १६औं क्लब बन्यो ।

जारी लिगको अर्को दाबेदार साविक विजेता मछिन्द्र फुटबल क्लब २४औं चरणमा नेपाल पुलिस क्लबसँग २-१ गोलको नतिजामा पराजित भएसँगै चर्चब्वाइज उपाधि संघारमा पुगेको थियो । चर्च ब्वाइजलाई उपाधि जित्न अन्तिम दुई खेलमा एक अंक आवश्यक थियो ।

च्याम्पियन चर्चब्वइजको २५ खेलमा ४५ अंक छ । जुन दोस्रो स्थानको मछिन्द्रभन्दा ६ अंक बढी हो । मछिन्द्रले जारि लिगमा २ खेल खेल्न बाँकी छ । दुवै खेलमा जित निकाले र अन्तिम खेलमा चर्चब्वाइज हारे मछिन्द्र र चर्चब्वाइजको अंक बराबरी हुनेछ । तर, हेड टु हेडका आधारमा चर्चव्वाइजनै च्याम्पियन हुनेछ ।

२०६६ सालमा स्थापना भएको चर्चब्वाइज ७७ सालमा सी डिभिजन छनोटको च्याम्पियन बनेको थियो । त्यसपछि २०७८ मा सी डिभिजनको च्याम्पियन हुँदै बी मा बढुवा भएको चर्चब्वाइजले ७९ सालमा बी डिभिजन च्याम्पियन हुँदै शीर्ष डिभिजनमा छनोट भएको थियो । र, २०८० मा ए डिभिजन लिगको नयाँ च्याम्पियन बन्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह