2026-08-24 06:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको घोषणा

जेठ २५, काठमाडौँ | भारतमा आयोजना हुने पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि बिहीबार नेपाली टोलीको घोषणा गरिएको छ  । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टोले साफ च्याम्पियनसिपको १४औं संस्करणका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

घोषित नेपाली टोलीमा गोलरक्षकतर्फ किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् । डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमान्त थापा रहेका छन् ।

यसैगरी मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभास लामिछाने रहेका छन् । स्ट्राइकरमा आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराजसिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर छन् । डिफेन्डर सिमान्त थापा र मिडफिल्डर लाकेन लिम्बुले पहिलो पटक राष्ट्रिय टोलीमास्थान बनाएका हुन् ।

नेपाल साफ च्याम्पियनसिपको समूह ’ए’ मा परेको छ । नेपालको समूहमा साबिक विजेता भारत, कुवेत र पाकिस्तान छन् । समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । आगामी साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा आयोजना हुनेछ ।

फिफाको प्रतिबन्धमा परेका कारण यो संस्करणमा श्रीलंका भने सहभागी छैन । कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् । साफको उद्घाटन खेलमा असार ६ गते नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो