2026-11-01 08:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दोस्रो अभ्यास खेलमा नेपालले नेदरल्यान्ड्सलाई दियो १५७ रनको लक्ष्य

जेठ २७, काठमाडौँ | विश्वकपको ग्लोबल छनोटको दोस्रो अभ्यास खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५७ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपालले ३६.५ ओभरमा सबै विकेट गुमाएर १५६ रनको मात्रै योगफल बनाउन सक्यो । 

नेपालका लागि  कप्तान रोहित पौडेलले सर्वाधिक ३० रन बनाए । आठौं नम्बरमा आएका प्रतिश जिसी १९ रनमा क्याच आउट हुन पुगे । 

यसअघि नेपालले पहिलो ओभरको पाँचौं बलमा ओपनर आसिफ शेखलाई ४ रनमा गुमाएको थियो । त्यस्तै नेपालले दोस्रो विकेट तेस्रो ओभरमा गुमाएको थियो । अर्जुन साउद ४ रनमा क्याच आउट भएका थिए । कुशल भुर्तेल चौथो ओभरको चौथो बलमा १० रनमा एलबीडब्लू आउट भए भने बीकले सातौं ओभरको दोस्रो बलमा दीपेन्द्रलाई बोल्ड आउट गरे । दीपेन्द्रले १२ बलमा एक चौकासहित ६ रनमा आउट भए । भीम सार्की १० रनमा रन आउट हुँदा आरिफ शेख १८ रन, गुल्सान झाले २४ रन जोडे । सोमपाल कामीले १८ रन बनाए । नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भान बीकले ५ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द