2026-08-24 06:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एम्बाप्पेलाई बेच्न पीएसजी तयार

जेठ ३०, पेरिस । पेरिस सेन्ट जर्मेनले यो ट्रान्सफर विन्डोमा किलियान एम्बाप्पेलाई बेच्ने तयारी गरेको छ । फ्रेन्च फरवार्डले क्लबसँगको करार नवीकरण नगर्ने स्पष्ट पारेसँगै क्लबले उनलाई बिक्री गर्ने तयारी गरेको हो । अर्को वर्ष सित्तैमा जान दिनुभन्दा उनलाई राम्रो रकममा बिक्री गर्ने पीएसजीको रणनीति रहेको छ ।

एम्बाप्पेको करार अर्को वर्षको अन्त्यमा सकिँदैछ । उनीसँग थप एक वर्ष करार अवधि नवीकरण गर्ने विकल्प रहेको थियो । पीएसजीले २४ वर्षीय खेलाडीलाई जुलाई ३१ सम्म आफ्नो करार नवीकरण गर्ने–नगर्नेबारे जानकारी दिनुपर्ने ‘डेडलाइन’ दिइएको थियो । 

तर, लामो छलफलपछि उनले क्लबलाई आफ्नो करार थप नगर्ने पत्र पठाएका छन् । यसअनुसार पीएसजीका कीर्तिमानी गोलकर्ता अब अर्को सिजन सित्तैमा क्लब छाड्न पाउनेछन् । यता एम्बाप्पेको पत्र क्लबले प्राप्त गर्नुभन्दा पहिले नै मिडियामा लिक भएपछि पीएसजी क्रुद्ध बनेको छ । यसले पनि क्लब उनलाई चाँडोभन्दा चाँडो बेच्न चाहन्छ ।

स्पेनिस महारथि रियल मड्रिडले लामो समयदेखि एम्बाप्पेलाई क्लबलाई भित्र्याउने प्रयास गरिरहेको छ । तर गत सिजन उनले अन्तिममा रियललाई ‘धोका’ दिँदै पीएसजीमा नै बस्ने निधो गरेका थिए । यता करिब बेन्जेमाले क्लब छाडेपछि रियल पनि नयाँ स्ट्राइकरको खोजीमा रहेको छ । यसअघि रियलले बेन्जेमाको स्थानमा टोटनहमका ह्यारी केनलाई प्रमुख ‘टार्गेट’ बनाएको समाचारहरू प्रकाशित भएका थिए ।

एम्बाप्पे सन् २०१७ मा मोनाकोबाट ऋणमा पीएसजी पुगेका हुन् । पछि उनलाई १८ करोड युरोमा क्लबले खरिद गरेको थियो । त्यसयता उनले क्लबका लागि २६० खेलमा २१२ गोल गरेका छन् । त्यस्तै फ्रान्सका लागि उनले ६८ खेलमा ३८ गोल गरेका छन् । गत विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पराजित हुँदा उनले ह्याट्रिकसमेत गरेका थिए । पछिल्ला पाँच सिजन उनी लिग वानको सर्वाधिक गोलकर्ता रहँदै आएका छन् । उनले पीएसजीमा ६ वर्ष रहँदा पाँचवटा लिग उपाधिसमेत हात पारेका छन् । युरोपियन प्रतियोगितामा भने उनले सफल हासिल गर्न सकेनन् ।

एम्बाप्पेले क्लब छाडे यो सिजन पीएजसीबाट बिदा हुने उनी दोस्रो हाइप्रोफाइनल खेलाडी बन्नेछन् । यसअघि लियोनेल मेस्सी फ्रेन्च क्लब छाडेर एमएलएस क्लब इन्टर मियामीसँग अनुबन्ध भइसकेका छन् । उता, अर्का सुपरस्टार नेयमारलाई पनि साउदी अरेबियाको क्लबले भित्र्याउने प्रयास गरिरहेको समाचारहरू प्रकाशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो