2026-09-21 11:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीप र दीपेन्द्रले क्यानडामा हुने ग्लोबल टी–२० खेल्ने

जेठ ३१, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले क्यानडामा हुने ग्लोबल टी–२० खेल्ने भएका छन् ।

आउने जुलाइ २० देखि सुरु हुने फ्रेन्चाइज प्रतियोगिताका लागि मंगलबार राति भएको ड्राफ्टमार्फत सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाई मोन्टरियल टाइगर्सले अनुबन्ध गरेको हो ।

ग्लोबल टी-२० लिग सन् २०१८ देखि सुरु भएको हो । सन् २०१९ मा दोस्रो संस्करण आयोजना भएयता प्रतियोगिता संचालन हुनसकेको थिएन । नेपालबाट सोमपाल कामी र सन्दीपले यसअघि नै यो प्रतियोगिता खेलिसकेका छन् ।

सन्दीपले पहिलो संस्करणमा मोन्टरियल टाइगर्स र दोस्रो संस्करणमा टोरन्टो नेशनल्सबाट खेलेका थिए। सन् २०१९ मा सोमपालले विन्नीपेग हकका लागि खेलेका थिए ।

यसपल्ट सन्दीप आबद्ध टिममा एलेक्स हेल्स, लिटोन दास, आयान अफ्जल खान लगायतका खेलाडी छन् ।

दीपेन्द्र आवद्ध मोन्टरियलमा बंगलादेशका सुपरस्टार सकिव अल हसन, वेष्ट इण्डिजमा आन्द्रे रसेल, यूएईका कप्तान मोहम्मद वासिमलगायतका खेलाडी छन् ।

दीपेन्द्रले पहिलोपल्ट विदेशी फ्रेन्चाइज लिग खेल्न लागेका हुन् । यसअघि नेपालका सन्दीप र सोमपालसहित पारस खड्का, कुशल मल्ल र करण केसीले विभिन्न विदेशी लिग खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो