2026-11-01 08:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बलियो टोली जिम्बाब्वेविरुद्ध नेपालको प्रभावशाली शुरूआत, पूरा गर्‍यो १२५ रन

असार ३, काठमाडौँ | आईसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत टेस्ट राष्ट्र जिम्मेवाब्वेविरुद्ध नेपालले प्रभावशाली शुरूआत गरेको छ ।

हरारे स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २६ ओभरमा  विकेट नगुमाई १२५ रनको आंकडा पूरा गरेको हो ।

यसक्रममा कुशल भुर्तेलले अर्धशतकीय योगदान गरेका छन् । यसक्रममा ६३ बलमा ८ चौकाको मद्दतले ५० रनको आंकडा छोएका कुशल यो समाचार तयार पार्दासम्म ७६ बलमा ७८ रन बनाएर खेलिरहेका छन् ।

उनलाई साथ दिइरहेका आशिफ शेखले ७८ बलमा ४२ रन जोडेका छन् । यो समाचार तयार पार्दासम्म नेपालले २६ ओभरमा विनाविकेटको क्षतिमा १२५ रन जोडेको छ ।

प्रतियोगितामा आफ्नो पहिलो खेल नेपालले बलियो घरेलु टोलीविरुद्ध खेलिरहेको हो ।नेपालले यसपछि अमेरिका, वेस्टइन्डिज र नेदरल्यान्ड्ससँग खेल्नेछ । समूहका शीर्ष ३ टीमले सुपर सिक्समा प्रतिस्पर्धा गर्नेछन् । त्यहाँ शीर्ष २ भित्र पर्ने टीम विश्वकपमा छानिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द