2026-09-21 02:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जिम्बाबेविरुद्ध चलेन सन्दीपको जादु, ३३ म्याचपछि पहिलो पटक विकेटविहीन

असार ४, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर सन्दीप लामिछानेले विश्वकप छनोट अन्तर्गत आईतबार सम्पन्न जिम्बावेविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसक्दा ३३ खेलपछि पहिलो पटक विकेट विहीन भएका छन् ।

ओडीआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान बनाएका सन्दीपले जिम्बाबेसँग खेल्नुअघिका ३३ खेलहरुमामा सँधै विकेट लिएका थिए । उनको उत्कृष्ट प्रदर्शनमा नेपालले धेरै खेलहरुमा शानदार जित निकालेको छ । सँधै बलिङमा जादु देखाउने सन्दीपले जिम्बाबेविरुद्ध जादु चलाउन सकेनन् ।

उनले आफ्नो लयलाई निरन्तरता दिन सकेनन् । जिम्बाबेविरुद्ध सन्दीपले १० ओभरमा ७७ रन खचिए र उनी ३३ खेलपछि पहिलो पटक विकेट विहीन भए । विकेट विहीन भएपनि सन्दीप ओडीआईमा लगातार सबैभन्दा बढी इनिङमा विकेट लिने खेलाडीको पहिलो नम्बरमा छन् ।

दोस्रोमा २६ खेलसहित अस्ट्रेलियाका ब्रेटली, तेस्रोमा २५ खेलमा वेस्ट इन्डिजका इयान बिसोप, चौथोमा २४ खेलसहित अफगानिस्तानका हमिद हसन र पाँचौंमा खेलको कीर्तिमानसहित न्यू जिल्यान्डका क्रिस प्रिन्गेल छन् ।

विश्वकप छनोटमा बलिङमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको नेपाल घरेलु टिम जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । नेपालले विश्वकप छनोटको दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो