2026-07-27 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साउदीको अल-हिलालले युरोपमा खेल्दै आएका अर्का खेलाडी भित्र्याउने

असार ४, काठमाडौँ | साउदी अरेबियन क्लब अल-हिलालले युरोपमा खेल्दै आएका अर्को एक खेलाडी भित्र्याउने भएको छ । साउदी क्लबहरुले एक पछि अर्को खेलाडी भित्र्याउँदै गर्दा पछिल्लो समय इंग्लिस क्लब वुल्भ्सका कप्तान रुबेन नेभेस अल-हिलालमा आबद्ध हुने बीबीसीले जनाएको छ ।

क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमापछि साउदी क्लबमा आबद्ध हुनेमा पोर्चुगिज मिडफिल्डर नेभेस अर्का चर्चित खेलाडी बन्ने निश्चित भएको छ ।

नेभेसलाई अल-हिलालले ५५ मिलियन युरोमा वुल्भ्सबाट खरिद गर्न लागेको हो ।

आबद्ध भएको एक वर्षपछि नेभेसले वुल्भ्सलाई इंग्ल्यान्डको दोस्रो डिभिजन अर्थात च्याम्पियनसीपको उपाधि जिताएका थिए । साथै उनले इंग्लिस प्रिमियर लिगमा वुल्भ्सलाई लगातार दुई वर्ष सातौं स्थानमा राख्न मदत गरेका थिए ।

नेभेसले वुल्भ्सका लागि सबै प्रतियोगिताहरूमा २५३ खेल खेल्दै ३० गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली