2026-09-21 10:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साफ च्याम्पियनसीपः विश्वकप खेलेको कुवेतविरुद्ध नेपाललाई इतिहास रच्ने अवसर

असार ६, काठमाडौँ | भारतमा आजबाट सुरु हुने साफ च्याम्पियनसीपको पहिलो खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र कुवेतबीचको खेल बैंग्लुरुको श्री कान्तिराभा स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ ।

नेपाल र कुवेत रहेकै समूहमा आयोजक तथा साविक विजेता भारतसँगै पाकिस्तान पनि रहेका छन् । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । कुवेत र लेबनान आमन्त्रित टिम हुन् ।

समूह विभाजन हेर्दा हालसम्म साफ च्याम्पियनसीपको उपाधि जित्न नसकेको नेपाल निकै कठिन समूहमा परेको छ । अझ नेपालले आफ्नो पहिलो खेल खेल्नुपर्ने कुवेतविरुद्ध हालसम्म एक खेलमा पनि जित हात पार्न सकेको छैन । तर साफ च्याम्पियनसीपमा कुवेतलाई पराजित गर्न सके नेपालले इतिहास कोर्न सक्छ ।

खासमा नेपाल र कुवेत हालसम्म ९ पटक आमने-सामने भएका छन् । तर कुवेतविरुद्ध नेपाल एक खेलमा पनि विजयी हुन सकेको छैन । कुवेतविरुद्ध नेपालको उत्कृष्ट नतिजा भनेको केवल एकपटक गोलरहित बराबरी खेल्नुमात्र हो ।

कुवेतमै सन् २०१९ को मार्चमा भएको मैत्रीपूर्ण खेलमा विराज महर्जनको कप्तानीमा रहेको नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । तर दोस्रो मैत्रीपूर्ण खेलमा भने नेपालले १-० को पराजय भोगेको थियो ।

पछिल्लो पटक नेपालले कुवेतविरुद्ध ४-१ को पराजय भोगेको थियो । एएफसी एसियन कपको तेस्रो चरणको छनोटअन्तर्गत २०२२ को जुनमा कुवेतमै भएको खेलमा नेपालले घरेलु टोलीविरुद्ध पराजय भोग्दा दर्शन गुरुङले एक गोल गरेका थिए ।

नेपालले कुवेतसँग अहिलेसम्मकै सबैभन्दा ठूलो पराजय भने सन् १९९४ को एसियन गेम्सका दौरान भोगेको थियो । जापानमा भएको एसियन गेम्समा नेपालले कुवेतविरुद्ध ८-० को पराजय भोगेको थियो । उक्त खेलमा अली मार्वी अल हाडायाले एक्लै पाँच गोल गरेका थिए ।

इतिहास हेर्दा साफ च्याम्पियनसीपमा सहभागी टोलीमध्ये सबैभन्दा सफल टोलीमा कुवेत पर्छ । कुवेतले हालसम्म एकपटक फिफा विश्वकप समेत खेलिसकेको छ । उसले सन् १९८२ मा स्पेनले आयोजना गरेको फिफा विश्वकप खेलेको थियो ।

सन् १९८० मा एएफसी एसियन कपको उपाधि जितेको कुवेतले हालसम्म १० पटक एसियन कप खेलिसकेको छ । भारतले भने सन् १९५० को विश्वकपका लागि छनोट भए पनि खेल्न पाएन । भारतले चार पटक एसियन कप खेल्दा सन् १९६४ मा भने उपविजेता बनेको थियो । लेबनानले भने दुई पटक एसिया कप खेलेको थियो।

इतिहास हेर्दा कुवेत सबैभन्दा बलियो टिम मानिएपनि पछिल्लो समय कुवेतको प्रदर्शन भने खस्किएको देखिन्छ । आगामी वर्ष जनवरीमा कतारमा हुने एसियन कपमा भने कुवेतले स्थान बनाउन सकेन । जबकी भारत र लेबनान एसियन कपका लागि छनोट भएका छन् ।

फिफा वरीयतामा पनि कुवेत १ सय ४३ औँ स्थानमा हुँदा लेबनान ९९ औँ तथा भारत १ सय १ औँ स्थानमा छन् । नेपाल भने १ सय ७४ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो