2026-09-21 10:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल दुई गोलले पछाडि

असार ६, काठमाडौँ | भारतको बेंगलुरुमा सुरु भएको १४औं साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेत विरुद्ध पहिलो हाफमै दुई गोलले पछि परेको छ ।

आमन्त्रित टिमको रुपमा पहिलो पटक साफ खेलिरहेको कुवेतले पहिलो हाफमा नेपालमाथि दबाब राख्दै दुई गोल गर्‍यो । २३ मिनेटमा कप्तान खालिद हाजिएहले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाए । ३६ मिनेटमा कुवेतले अग्रता दोब्बर पार्ने अवसर गुमायो ।

कुवेतका फवाज अलोतावीको पासमा मोहम्मद अब्दुल्लाहको हेड प्रहार बारमा लागेर फर्कँदा अग्रता बढाउने अवसर गुमायो ।

अधिकांश समय नेपालको हाफमा बल खेलाएको कुवेतले ४१औं मिनेटमा दोस्रो गोल गर्‍यो । मोहम्मद अब्दुल्लाहको पासमा शबईब अलखल्दीले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाए ।

यो गोलमा कुवेतले उत्कृष्ट खेल कला देखाएको थियो ।

अथ्बी सालेशले थ्रो बलमा उपलब्ध गराएको बलमा मोहम्मद अब्दुल्लाहको पासमा अलखल्दीले पेनाल्टी बक्समा विमल पाण्डेलाई छलाउँदै गोल गर्दा कप्तान किरणले रोक्ने कुनै अवसर पाएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो