2026-11-01 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साफ च्याम्पियनसिप : भारतविरुद्ध गर या मरको अवस्थामा नेपाल

असार ८, काठमाडौँ | १४औं संस्करणको साफ च्याम्पियनसिपमा आफ्नो दोस्रो खेलमा नेपालले शनिबार घरेलु टोली भारतसँग खेल्दैछ ।

बैंगलुरुस्थित श्री कान्तिरवा स्टेडियममा भारत विरुद्ध उत्रँदा नेपाल गर या मरको अवस्थामा छ । पहिलो खेलमा कुवेतसँग पराजित भएको नेपाललाई सेमिफाइनल पुग्ने संभावना कायम राख्न भारतसँगको हार टार्नु पर्ने छ ।

भारतसँग पराजित भएमा भने नेपालको समूह चरणमै बाहिरिने डर हुनेछ । नेपाल पहिलो खेलमै कुवेतसँग ३-१ ले पराजित भएको थियो । अर्को खेलमा भारतले सुनिल क्षेत्रीको ह्याट्रिक मदतमा पाकिस्तानलाई ४-० ले हराएर सानदार सुरुवात गरेको थियो ।

पछिल्लो समय भारतले फुटबलका घरेलु संरचना लगायत धेरै सुधार गरिसकेको छ । साफ च्याम्पियनसिपलाई भारतले धेरै महत्व नै दिन छाडेको छ । यसको उदाहरण अहिले भइरहेको साफलाई पनि हेर्न सकिन्छ । साफ अघि ओडिशामा भएको इन्टरकन्टिनेन्टल कपलाई भारतले ठूलो महत्व दिएको थियो । जहाँ भारतले लेबनानलाई हराएर उपाधि जितेको थियो ।

२०२२ सेप्टेम्बरमा ट्राई सिरिजमा भियतनामसँग ३-० ले हारेयता भारत ७ खेलमा अपराजित छ । भारतले यी सातै खेलमा गोल खाएको छैन । ट्राई नेसन्स कपमा म्यानमार र कीर्गिस्तानलाई पराजित गरेको भारतले इन्टरकन्टिनेन्टल कपमा भानुआटु,  मंगोलिया र लेबनानलाई हराएको थियो भने लेबनानसँग अर्को खेल गोलरहित बराबरीमा सकिएको थियो । यस्तै साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्ध क्लिनसिट राख्दै जित निकाल्यो ।

नेपाल भने पछिल्लो दुई खेलमा पराजित भएको छ । त्यसअघि नेपाल लगातार पाँच खेलमा अराजित थियो । २०२२ सेप्टेम्बरमा बंगलादेश विरुद्ध र नोभेम्बरमा पाकिस्तान विरुद्ध मैत्रीपूर्ण खेलमा विजयी भएको नेपालले गत मार्चमा काठमाडौंमै भएको थ्री नेसन्स कपमा लाओसलाई हराउँदै उपाधि जितेको थियो । जहाँ नेपालले तीन खेलमा अपराजित थियो ।

साफ च्याम्पियनसिपका लागि बैंगलुरु आउनुअघि १५ जुनमा फिलिपिन्समा खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल १-० ले पराजित भएको थियो । त्यसपछि साफको पहिलो खेलमा नेपाल आमन्त्रित टिमको रुपमा पहिलो पटक साफ खेलेको कुवेतसँग ३-१ ले पराजित भएको थियो । नेपालले पहिलो हाफमा कमजोर प्रदर्शन गर्दा हार बेहोर्‍यो । दोस्रो हाफमा अन्जन विष्टले गरेको एक गोल नै नेपालको लागि सकरात्मक उपलब्धि रह्यो । यस्तै अनन्त तामाङले नेपालका लागि ५० क्याप पूरा गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द