2026-09-20 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साफ च्याम्पियनसिप : भारतविरुद्ध गर या मरको अवस्थामा नेपाल

असार ८, काठमाडौँ | १४औं संस्करणको साफ च्याम्पियनसिपमा आफ्नो दोस्रो खेलमा नेपालले शनिबार घरेलु टोली भारतसँग खेल्दैछ ।

बैंगलुरुस्थित श्री कान्तिरवा स्टेडियममा भारत विरुद्ध उत्रँदा नेपाल गर या मरको अवस्थामा छ । पहिलो खेलमा कुवेतसँग पराजित भएको नेपाललाई सेमिफाइनल पुग्ने संभावना कायम राख्न भारतसँगको हार टार्नु पर्ने छ ।

भारतसँग पराजित भएमा भने नेपालको समूह चरणमै बाहिरिने डर हुनेछ । नेपाल पहिलो खेलमै कुवेतसँग ३-१ ले पराजित भएको थियो । अर्को खेलमा भारतले सुनिल क्षेत्रीको ह्याट्रिक मदतमा पाकिस्तानलाई ४-० ले हराएर सानदार सुरुवात गरेको थियो ।

पछिल्लो समय भारतले फुटबलका घरेलु संरचना लगायत धेरै सुधार गरिसकेको छ । साफ च्याम्पियनसिपलाई भारतले धेरै महत्व नै दिन छाडेको छ । यसको उदाहरण अहिले भइरहेको साफलाई पनि हेर्न सकिन्छ । साफ अघि ओडिशामा भएको इन्टरकन्टिनेन्टल कपलाई भारतले ठूलो महत्व दिएको थियो । जहाँ भारतले लेबनानलाई हराएर उपाधि जितेको थियो ।

२०२२ सेप्टेम्बरमा ट्राई सिरिजमा भियतनामसँग ३-० ले हारेयता भारत ७ खेलमा अपराजित छ । भारतले यी सातै खेलमा गोल खाएको छैन । ट्राई नेसन्स कपमा म्यानमार र कीर्गिस्तानलाई पराजित गरेको भारतले इन्टरकन्टिनेन्टल कपमा भानुआटु,  मंगोलिया र लेबनानलाई हराएको थियो भने लेबनानसँग अर्को खेल गोलरहित बराबरीमा सकिएको थियो । यस्तै साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्ध क्लिनसिट राख्दै जित निकाल्यो ।

नेपाल भने पछिल्लो दुई खेलमा पराजित भएको छ । त्यसअघि नेपाल लगातार पाँच खेलमा अराजित थियो । २०२२ सेप्टेम्बरमा बंगलादेश विरुद्ध र नोभेम्बरमा पाकिस्तान विरुद्ध मैत्रीपूर्ण खेलमा विजयी भएको नेपालले गत मार्चमा काठमाडौंमै भएको थ्री नेसन्स कपमा लाओसलाई हराउँदै उपाधि जितेको थियो । जहाँ नेपालले तीन खेलमा अपराजित थियो ।

साफ च्याम्पियनसिपका लागि बैंगलुरु आउनुअघि १५ जुनमा फिलिपिन्समा खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल १-० ले पराजित भएको थियो । त्यसपछि साफको पहिलो खेलमा नेपाल आमन्त्रित टिमको रुपमा पहिलो पटक साफ खेलेको कुवेतसँग ३-१ ले पराजित भएको थियो । नेपालले पहिलो हाफमा कमजोर प्रदर्शन गर्दा हार बेहोर्‍यो । दोस्रो हाफमा अन्जन विष्टले गरेको एक गोल नै नेपालको लागि सकरात्मक उपलब्धि रह्यो । यस्तै अनन्त तामाङले नेपालका लागि ५० क्याप पूरा गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो