2026-11-01 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेदरल्यान्ड्ससंग पराजित हुँदै विश्वकप छनोटबाट बाहिरियो नेपाल

असार ९, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको शनिबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाली टोलीले हार बेहोरेको छ । जिम्बाब्वेमा खेलिएको उक्त खेलमा नेदरल्यान्ड्सले नेपाललाई ७ विकेटले पराजित हो । जिम्बाव्वे र वेष्टइण्डिङसँग हरेको र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न नेदरल्याण्ड्सलाई हराउनैपर्ने थियो ।

तर टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा अलआउट हुदै एक सय ६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो । 

नेदरल्यान्ड्ससँग पराजित भएसँगै नेपालको सुपर सिक्स चरणमा पुग्ने सम्भावना समाप्त भएको छ । नेपाललाई हराएपछि नेदरल्यान्ड्स सुपर सिक्स चरणमा पुगेको छ । 

१६८ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २७.१ ओभरमा मात्र ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । नेदरल्याण्ड्सका लागि म्याक्सवेलले सर्वाधिक ९० रन बनाए । उनले ७५ बलको सामना गरेका उनले ८ चौका र चार छक्काको मदतमा ९० रन बनाए हुन् । विक्रमजित सिंह  ३० रनमा बनाए भने वेस्ली बर्रेसी ३ रनमा आउट भए ।

बासले नयाँ ब्याट्सम्यान तेजा निदामानुसँग मिलेर नेदरल्याण्डलाई जित मात्र दिलाएनन्, सुपर सिक्समा पनि पुर्‍याए । नेपालका लागि बलर सन्दिप लामिछानेले २ र  गुल्सन झाले १ विकेट लिए |

यस अघिटस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गर्‍यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ न बनाए । कुशल भुर्तेलले २७ र सन्दीप लामिछानेले २७ रन बनाए । भीम सार्कीले २२ रन बनाउँदा गुल्सन झाले १५, दीपेन्द्र सिंह ऐरीले १५, कुशल मल्लले १२ रन बनाए । आरिफ शेख ६ र करण केसी मात्र १ रनमा आउट भए ।

नेदरल्याण्ड्सका बलर लोगन भान बेकले सर्वाधिक ४ विकेट लिए भने बास डे लिडल र विक्रमजित सिंहले समान २–२ विकेट लिए |

यो समूहबाट वेष्ट इण्डिज, जिम्बाब्वे र नेदरल्याण्ड्स सुपर सिक्समा पुग्दा नेपाल र अमेरिका बाहिरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द