2026-06-29 04:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

काभा भलिबल : अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित, प्रतियोगितामै जितविहीन नेपाल

असार १०, काठमाडौँ | किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल (काभा) पुरुष भलिबल नेसन्स लिग प्रतियोगिताको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । 

बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा उज्वेकिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको हो । उज्वेकिस्तानले नेपाललाई पहिलो सेट २५–२१ दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले पराजित ग-यो । 

प्रतियोगितामा नेपालको यो लगातार छैटौँ हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग पराजित भएको थियो ।

त्यसैगरी, नेपाल तेस्रो खेलमा इरान, चौथो खेलमा तुर्किमिनिस्तान र पाँचौँ खेलमा आयोजक किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी