2026-09-21 10:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कौलीबाली साउदी अरेबियन क्लब अल हिलालमा अनुबन्धित

असार ११, काठमाडौँ । चेल्सीका कालिडोउ कौलीबाली युरोपियन फुटबल छोडेर साउदी प्रो लिगमा अनुबन्ध हुने पछिल्लो खेलाडी बनेका छन् ।

सेनेगलका रक्षक कौलीबालीलाई साउदी प्रो लिगको क्लब अल हिलालले अनुबन्ध गरेको हो । स्टाम्फोर्ड ब्रिजमा एक सिजन बिताएका कौलीबालीका लागि चेल्सीले आइतबार बिदाइ सन्देश लेखेको छ ।

“हामी कौलीबालीलाई क्बलमा पु¥याएको योगदानप्रति धन्यवाद दिन चाहन्छौँ । र, आउँदो करियरका लागि शुभकामना दिन चाहन्छौँ,” चेल्सीको वेबसाइटमा लेखिएको छ ।

चेल्सीले कौलीबालीलाई चारवर्षे सम्झौतामा अनुबन्ध गरेको थियो । तर, सेनेगलका रक्षकले स्टाम्फोर्ड ब्रिजमा आशातित छाप छोड्न असफल रहे ।

उनले चेल्सीका लागि सबैखाले प्रतियोगितामा गरी ३२ खेल खेले । यसअघि, चेल्सीकै एन्गोलो कान्टे पनि साउदी प्रो लिगकै क्लब अल इतिहादमा अनुबन्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो