2026-09-21 10:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पहिलो हाफमा पाकिस्तानसँग बराबरीमा रोकियो नेपाल

असार १२, काठमाडौँ | साफ च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा पाकिस्तानसँगको पहिलो हाफमा नेपाल गोलरहित बराबरीमा रोकिएको छ ।

भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले गोलका केही अवसर शृंजना गरे पनि सदुपयोग गर्न नसक्दा अग्रता बनाउन सकेन ।

खेलको ११औँ मिनेटमा नेपालका विमल घर्तीमगरले पाकिस्तानको पेनाल्टी क्षेत्रभन्दा बाहिर पाएको फ्रिकिक सदुपयोग गर्न सकेनन् ।

विमल वान भर्सेस वान अवस्थामा रहँदा पाकिस्तानका रक्षक एसाह सुलेमानले १८ यार्ड बक्स नजिकै फाउल गरेपछि नेपालले फ्रिकिक पाएको थियो । तर, उक्त फाउलमा विमलले नै प्रहार गरेको फ्रिकिकले पाकिस्तानी गोलकिपरका लागि कुनै असहजता बनाउन सकेन ।

४२औँ मिनेटमा विमलले गोलको सुनौलो मौका गुमाउँदा नेपालले अग्रता लिन सकेन । मनिष डांगीले लेफ्ट साइटबाट गरेको क्रसमा पेनाल्टी बक्सभित्र रहेको विमलको फितलो प्रहार गर्दा नेपालले गोलको मौका गुमाएको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो खेल यस संस्करणको अन्तिम खेल हो । यसअघि दुई खेलमा हार बेहोरेको नेपाल र पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ । नेपालले यसअघि पहिलो खेलमा कुवेतसँग ३–१ र दोस्रो खेलमा भारतसँग २–० को हार बेहोरेको थियो ।

पाकिस्तानले भने भारत र कुवेत दुवै टोलीसँग समान ४–० को हार बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो