2026-08-23 12:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आशिषको डेब्यू गोलमा नेपालको सान्त्वना जित

असार १२, काठमाडौँ | आशिष चौधरीले डेब्यू गोल गरेपछि नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई मंगलबार १-० ले पराजित गरेको छ ।

सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तान विरुद्ध जितसहित प्रतियोगिता सकाएको छ ।

बैंगलुरुस्थित श्री कान्तिराव स्टेडियममा भएको खेलमा नेपाललाई सान्त्वना जित दिलाउन आशिषले ८०औं मिनेटमा गोल गरे ।

४६औं मिनेटमा आभास लामिछानेको स्थानमा मैदान प्रवेश गरेका आशिषले लकेन लिम्बुको पासमा नेपालका लागि आफ्नो पहिलो गोल गरेका हुन् ।

नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ र दोस्रो खेलमा घरेलु टोली भारतसँग २-० ले पराजित भएको थियो । पाकिस्तान भने समूह चरणका तीनवटै खेल हार्दै घर फर्कने भएको छ ।

१५ वर्षपछि साफमा पाकिस्तान विरुद्ध जित

नेपालले साफ च्याम्पियनसिपमा १५ वर्षपछि पहिलो पटक पाकिस्तानलाई पराजित गरेको हो । त्यसका लागि नेपालले निकै संघर्ष गर्नुपर्‍यो ।

पछिल्लो पटक नेपालले सन् २००८ मा माल्दिभ्समा पाकिस्तानलाई साफमा हराएको थियो । त्यसयता भने नपालले साफमा पाकिस्तानलाई हराउन सकेको थिएन ।

सन् २०१८ मा बंगलादेशको ढाकामा भएको पछिल्लो साफमा नेपाल पाकिस्तानसँग २-१ ले पराजित भएको थियो ।

यस पटक दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको अवस्थामा नेपाल र पाकिस्तान दुवै सान्त्वना जितको खोजीमा थियो । तर त्यसमा नेपालले बाजी मार्‍यो ।

नेपालले सुरुवातदेखि नै खेलमा गोल गर्ने राम्रो अवसर सिर्जना गरे पनि फिनिसिङ चुस्त हुन नसक्दा ८० मिनेटसम्म पर्खनुपर्‍यो । त्यसअघि आधा दर्जन अवसर गुमाएको नेपालले खेलको अन्तिमतिर पनि केही मौका चुकाएको थियो ।

खेलको १३औं मिनेटमा विमल घर्ती मगरले एजबाट गरेको प्रहार बारमाथिबाट बाहिरियो । ४२औं मिनेटमा नेपाले गोल गर्ने राम्रो मौका गुमायो ।

मनिष डाँगीको क्रसमा विमलले बक्स भित्रबाट हानेको प्रहार युसुफ इजाज बटले बचाए । दोस्रो हाफमा पनि नेपालले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

५१औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्ने राम्रो अवसर गुमाए । देवेन्द्र तामाङको फ्रिकिकमा अननन्तले मिलाएको बलमा नवयुगले बक्स भित्रबाट प्रहार गरेर हेडर क्रसबार माथिबाट बाहिरियो ।

६०औं मिनेटमा एरिक विष्टको पासमा मनिषको प्रहार पाकिस्ताद्दी गोलकिपर युसुफ बटले बताए ।

७०औं मिनेटमा देवेन्द्र तामाङको फ्रिकिक क्रस बारमा लागेर फर्कँदा नेपालले गोल गर्ने अवसर गुमायो ।

तर ८०औं मिनेटमा आशिषले गोल गरेपछि नेपललाई राहत मिल्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो