2026-09-21 12:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आगामी पाँच वर्षका लागि जर्मन फरवार्ड काई हाभार्ड आर्सनलमा अनुबन्ध

एजेन्सी | प्रिमियर लिग क्लब आर्सनलले जर्मन फरवार्ड काई हाभार्डलाई अनुबन्ध गरेका छ ।

आर्सनलले अर्को लण्डन क्लब चेल्सीबाट हाभार्डलाई ६५ मिलियन पाउण्डमा आगामी पाँच वर्षका लागि अनुबन्ध गरेको हो । जसको अर्थ हाभार्ट २०२८ सम्म आर्सनलमा रहनेछन् ।

२४ वर्षीय हाभार्ट तीन वर्ष स्टानफोर्ड ब्रिजमा बिताएका थिए । जहाँ उनले युरोपियन च्याम्पियन्स लिग, यूईएफए सुपर कप र फिफा क्लब विश्वकप जिते ।

२०२१ को च्याम्पियन्स लिग फाइनलमा चेल्सीले म्यानचेष्टर सिटीलाई पराजित गर्दा हाभार्टले नै निर्णायक गोल गरेका थिए ।

उनले चेल्सीका लागि ९१ खेल खेल्दा १९ गोल गरे ।

६ वर्षपछि च्याम्पियन्स लिगमा छनोट भएको बर्सनलका म्यानेजर मिकेट अर्टेटाले हाभार्टसहित केही खेलाडी अनुबन्ध गर्दै टिम बलियो बनाउन लागेका छन् ।

हाभार्डले चेल्सीका सबै समर्थकलाई धन्यवाद भन्दै च्याम्पियन्स लिग जित्ने सपना सबै मिलेर पूरा गरेको बताएका छन् ।

उनले आर्सनलमा पनि आफ्नो एक मात्र लक्ष्य ट्रफीहरु जित्ने रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो