2026-11-01 06:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालले सिंगापुरलाई दियो १८५ रनको लक्ष्य

असार १८, काठमाडौं | मलेसियामा जारी एसीसी मेन्स अन्डर–सिक्स्टिन ईस्ट जोन क्रिकेटको फाइनल प्रवेशका लागि नेपालले सिंगापुरलाई १ सय ८५ रनको विजयी लक्ष्य दिएको छ। 

मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन बनायो। 

नेपालका लागि सुर्यांशु कोइरालाले ४९ बलको सामना गर्दै  ४३ रन बनाउँदा निरज कुमार यादवले ४९ बल नै खेल्दै ४२ रन बनाए। 

नेपाली टोलीका क्याप्टेन अविशेक तिवारीले २५ रन बनाउँदा सन्तोष यादवले १८ रन बनाए। यस्तै प्रतिक भट्टराईले १२ रनको योगदान गरे भने दिपु कुमारले नटआउट १२ रन नै बनाए। 

सिंगापुरका हरिहरणले ३ विकेट लिए भने हर्ष भेङ्कटम र कविर विरालाले समान २ विकेट लिए। 

घरेलु टोली मलेसियालाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपाल आज सिंगापुरलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन चाहन्छ। 

सेमिफाइनलको अर्को खेलमा  मलेसियाले हङकङलाई १ सय ५६ रनको विजयी लक्ष्य दिएको छ। 

उपाधिका लागि दुई विजेता टोली र तेस्रो स्थानका लागि दुई पराजित टोलीबीच भोलि नै खेल हुने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द