2026-11-01 06:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएईलाई हराएको नेपालको अब आयरल्याण्ड अर्को प्रतिस्पर्धी, यूएईले अमेरिकासँग खेल्ने

असार १८, काठमाडौँ | क्रिकेट विश्वकप छनोट खेल्न जिम्बावे पुगेको नेपाली टोलीले अन्तिम खेलमा आयरल्याण्डसँग खेल्ने भएको छ। नेपालले मंगलवार आयरल्याण्डविरुद्ध टाकासिंगा स्पोर्ट्स क्लबमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

समूह ‘ए’ र ‘बी’बाट तीन-तीन सुपरसिक्समा पुग्दा बाँकी दुई-दुई टोली प्लेअफमा पुगेका थिए। प्लेअफमा पुगेको समूह ‘ए’ मा पाँचौँ बनेको अमेरिकाले आयरल्याण्डसँग पराजय ब्यहोरेको थियो।

त्यस्तै समूह ‘ए’ मा चौथो बनेको नेपालले समूह ‘बी’ मा पाँचौँ बनेको यूएईलाई हराएको थियो। आइतवार सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले ४६.५ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको थियो। यसक्रममा बृत्य अरबिन्दले सर्वाधिक ४५ रन बनाउँदा रोहन मुस्ताफाले ३५, बसील हमीदले २९ तथा आर्यन्स शर्माले २८ रन बनाएका थिए। बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले समान ३ विकेट लिँदा प्रतिश जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिएका थिए। ब्याटिङमा ओपनर कुशल भुर्तेलले ३५ रन बनाउँदा त्यसपछिको क्रम धर्मराएको थियो। १०६-७ को अवस्थामा पुगिसकेको नेपाललाई दीपेन्द्रसिंह ऐरीले ७० रनको साझेदारी गर्दै उकासेका थिए। ऐरीले अविजित ७९ रन बनाउँदा लामिछानेले अविजित २३ रन बनाए।

नेपालले यूएईलाई हराएसँगै सातौँ स्थानको लागि आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै आयरल्याण्डसँग पराजय ब्यहोरेको अमेरिका र नेपालसँग पराजय ब्यहोरेको यूएई नवौँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द