2026-09-20 11:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएईलाई हराएको नेपालको अब आयरल्याण्ड अर्को प्रतिस्पर्धी, यूएईले अमेरिकासँग खेल्ने

असार १८, काठमाडौँ | क्रिकेट विश्वकप छनोट खेल्न जिम्बावे पुगेको नेपाली टोलीले अन्तिम खेलमा आयरल्याण्डसँग खेल्ने भएको छ। नेपालले मंगलवार आयरल्याण्डविरुद्ध टाकासिंगा स्पोर्ट्स क्लबमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

समूह ‘ए’ र ‘बी’बाट तीन-तीन सुपरसिक्समा पुग्दा बाँकी दुई-दुई टोली प्लेअफमा पुगेका थिए। प्लेअफमा पुगेको समूह ‘ए’ मा पाँचौँ बनेको अमेरिकाले आयरल्याण्डसँग पराजय ब्यहोरेको थियो।

त्यस्तै समूह ‘ए’ मा चौथो बनेको नेपालले समूह ‘बी’ मा पाँचौँ बनेको यूएईलाई हराएको थियो। आइतवार सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले ४६.५ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको थियो। यसक्रममा बृत्य अरबिन्दले सर्वाधिक ४५ रन बनाउँदा रोहन मुस्ताफाले ३५, बसील हमीदले २९ तथा आर्यन्स शर्माले २८ रन बनाएका थिए। बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले समान ३ विकेट लिँदा प्रतिश जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिएका थिए। ब्याटिङमा ओपनर कुशल भुर्तेलले ३५ रन बनाउँदा त्यसपछिको क्रम धर्मराएको थियो। १०६-७ को अवस्थामा पुगिसकेको नेपाललाई दीपेन्द्रसिंह ऐरीले ७० रनको साझेदारी गर्दै उकासेका थिए। ऐरीले अविजित ७९ रन बनाउँदा लामिछानेले अविजित २३ रन बनाए।

नेपालले यूएईलाई हराएसँगै सातौँ स्थानको लागि आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै आयरल्याण्डसँग पराजय ब्यहोरेको अमेरिका र नेपालसँग पराजय ब्यहोरेको यूएई नवौँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो