ग्यारेथ डिनेलीको बलमा आउट भएका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ग्यारेथ डिनेलीको बलमा आउट भएका "/>
2026-08-24 02:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालको चौंथो विकेट गुम्यो, ४८ बनाउँदै बनाएर अर्जुन आउट

असार १९, काठमाडौँ | आईसीसी विश्वकप क्वालिफायर अन्तरगत सातौँ स्थानको प्लेअफमा नेपालले आयरल्याण्डविरुद्ध नेपालले चौंथो विकेट गुमाएको छ । चौंथो विकेटका रूपमा अर्जुन साउद पेभेलियन फर्किएका हुन् । उनी ८४ बलमा ४८ बनाउँदै उनि ग्यारेथ डिनेलीको बलमा आउट भएका हुन् । 

यसअघि कप्तान रोहित पौडेल २९ रन बनाएर आउट भएका थिए । 

त्यस्तै  ८ रनमा कुशल भुर्तेल र ७ रन बनाएका ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । २८ ओभर समाप्त हुँदा नेपालले ११७ रनमा ४ विकेट गुमाएको छ ।

नेपालले आयरल्यान्डसँग पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो । यसैगरी नेपाली टोलीले आईसीसीबाट टेस्ट मान्यताप्राप्त राष्ट्रसँग तेस्रो पटक प्रतिस्पर्धा गरेको हो । 

यसअघि यही प्रतियोगिता यही विश्वकप छनोट प्रतियोगितामा नेपालले टेस्ट मान्यताप्राप्त राष्ट्र जिम्बाबे र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरेको थियो । जिम्बाबेविरुद्घको खेलमा नेपाल आठ विकेटले पराजित भएको थियो । वेस्ट इन्डिजसँग भने नेपाली टोली एक सय एक रनले पराजित भएको थियो ।

विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा आयोजना हुँदैछ । नेपाल र आयरल्यान्डबीचको खेलमा विजयी हुने टोलीले प्रतियोगितामा सातौँ वरीयता प्राप्त गर्नेछ । यसैगरी उक्त खेलमा पराजित हुने टोलीले भने आठौँ वरीयता पाउने छ ।

नवौँ र १०औँ वरीयताका लागि आगामी बिहीबार अमेरिका र संयुक्त अरब इमिरेट्स (यूएई) बीच खेल हुनेछ । उक्त खेलमा विजयी हुने टोलीले नवौँ वरीयता प्राप्त गर्नेछ । यसैगरी उक्त खेलमा पराजित हुने टोलीले १०औँ वरीयता पाउने छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो