2026-06-28 02:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपालको पहिलो खेल पाकिस्तानसंग, सन्दीप र दीपेन्द्र नखेल्ने

असार २२, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिता अर्को हप्ता श्रीलंकामा सुरु हुँदैछ । जुलाई १३ देखि २३ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ ।  प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ ।  प्रतियोगितामा नेपालका राष्ट्रिय टोलि सहित टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानका 'ए' टोली, युएई र ओमन रहने छन्  |  नेपाल प्रतियोगिताको समूह ‘बी’ मा परेको छ । उक्त समूहमा नेपालका अतिरिक्त भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । 

प्रतियोगिताको समूह ‘ए’ मा अफगानिस्ताको ‘ए’ टोली, बंगलादेशको ‘ए’ टोली, श्रीलंकाको ‘ए’ टोली र ओमान रहेका छन् । नेपालले आफ्नो पहिलो खेल जुलाई १४ तारिखमा पाकिस्तानको ‘ए’ टोलीसँग खेल्नेछ । सोही दिन भारतको ‘ए’ टोली र यूएईबीच खेल हुनेछ । नेपालले आफ्नो दोस्रो खेल १७ तारिखमा भारतको ‘ए’ टोलीसँग खेल्नेछ । नेपालले समूहगत चरणको अन्तिम खेल १९ तारिखमा यूएईसँग खेल्नेछ । समूहगत चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली नकआउट चरण (सेमिफाइनल) मा प्रवेश गर्नेछन् । 

प्रतियोगिताको दुबै सेमिफाइनल खेल २१ तारिखमा खेलिने छ । फाइनल खेल २३ तारिखमा हुनेछ । एसीसी इमर्जिङ टिम एसिया कपको यो पाँचौं संस्करण हो ।

नेपालका दुई प्रभावशाली खेलाडी स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले भने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । ग्लोबल टी-२० लिग खेल्न क्यानडा जाने भएकोले सन्दीप र दीपेन्द्र यस पटक इमर्जिङ टिम्स एसिया कपमा हुने छैनन् । ग्लोबल टी-२० क्यानडा लिग जुलाई २० देखि अगष्ट ६ सम्म हुनेछ । जसमा नेपालबाट सन्दीप र दीपेन्द्र छनोट भएका छन् ।  दीपेन्द्रलाई मोन्ट्रेल टाइगर्सले ड्राफ्टमार्फत अनुबन्ध गरेको हो भने सन्दीप सर्रे जागुअरमा अनुबन्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी