2026-09-21 08:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

इमर्जिङ टिम्स एसिया कप भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले यूएईलाई तीन विकेटले हरायो

साउन ३, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले हराएको छ । 

श्रीलंकामा भएको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको यूएईले ४४ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २३ ओभरमा सात विकेट गुमाएर विजय लक्ष्य पार गरेको थियो ।  

नेपालको जितमा कुशल भुर्तेलले अलराउन्ड प्रदर्शन गरे । उनले बलिङमा ६ विकेट लिए भने ब्याटिङमा अर्धसतकीय पारी पनि खेले । उनले नेपालका लागि ४३ बलको सामना गरी चार छक्का र नौवटा चौकाको मद्दतमा ७१ रन बनाए । त्यसअघि उनले ३२ बलमा आफ्नो अर्धसतक पूरा गरेका थिए । त्यस्तै देव खनाले र सन्दीप जोराले समान २४ रन बनाए भने  गुल्सन झाले११ रन कप्तान रोहित पौडेल ९ रनमा आउट भए । प्रतिस जीसीले अविजित आठ रन बनाए । कुशल मल्ल दुई रनमा अविजित रहे ।

युएईका लागि बलर मोहम्मद फराजुद्दिनले ५ विकेट र मुहम्मद जवादुल्लाहले २ लिएका थिए । 

श्रीलंकाको कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको युएई ए ४४ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो। युएई ए का लागि लभरप्रित सिंहले सर्वाधिक ५२ रन बनाए। युएई ए लाई सस्तैमा समेट्न भुर्तेलले ६, श्याम ढकालले २, कुशल मल्ल र पवन सर्राफले एक/एक विकेट खसाले । 

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो भने युएई ए पनि भारत ए र पाकिस्तान ए सँग नै पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो