2026-11-01 05:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दीपेन्द्र सिंह ऐरीद्वारा ग्लोबल टी-२० क्यानडामा अलराउण्ड प्रदर्शन

साउन १०, काठमाडौं । ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा नेपालका दीपेन्द्र सिंह ऐरीले अलराउण्ड प्रदर्शन गर्दै मोन्ट्रिलको जितमा सहयोग गरेका छन् । बुधबार बिहान भएको भ्यानकुभर नाइट्सविरुद्धको खेलमा दीपेन्द्रले बल, ब्याट र फिल्ड सबैमा राम्रो प्रदर्शन गरे ।

दिपेन्द्रको साथ पाएर सेरफान रुथरफोर्डको अविजित ८४ रन मद्दतमा मोन्ट्रियलले १५० रनको लक्ष्य ११ बल अगावै पूरा गर्दै भ्यानकुभरलाई ६ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ ।

रुथरफोर्डलाई आक्रमक ब्याटिङमा साथ दिएका दीपेन्द्रले अविजित २२ रन बनाउन सफल भए । ६७-४ को अवसथ्मा हुँदा क्रिजमा पुगेका दीपेन्द्रले रुथरफोर्डसँग पाँचौ विकेटका लागि अविजित ८६ रनको साझेदारी गरे ।

रुथरफोर्डले ५३ बल खेल्दै ७ चौका र ६ छक्का मदतमा अविजित ८४ रन बनाए । दीपेन्द्रले २२ बल खेलेर २ चौका प्रहार गर्दै २२ रन बनाए । खेलमा दिलप्रित सिंहले २१ र शकिब अल हशनले १२ रन जोडे ।

भ्यानकुभरका फाबिउन एलेनले २ तथा रुबेन ट्रम्पलमेनले १ विकेट लिए । त्यसअघि ब्राम्पटनमा टस हारेर पहिले ब्याटिङ गरेको भ्यानकुभरले २० ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । भ्यानकुभरका लागि फकर जमनले सर्वाधिक ७३ रन बनाए । ५३ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

कप्तान रसी भान डे डुसेनले २३ रन जोडे । फकर जमन र हर्श ठाकुरले अर्धशतकीय साझेदारी गरेपछि दीपेन्द्रले नै यो साझेदारी तोडेका थिए । उनले हर्शलाई रनआउट गरे । त्यसपछि फरक जमन र भान डेर डुसेनको अर्को अर्धशतकीय साझेदारी पनि दीपेन्द्रले नै तोडे । उनले १६औं ओभरमा जमनलाई कार्लोस ब्रेथवेइटेबाट क्याचआउट गराए ।

३ ओभर बलिङ गरेका दीपेन्द्रले एक विकेट लिनुका साथै एक रनआउट गरे । मोन्ट्रियलका लागि कार्लोस ब्रेथवेइटले २ विकेट लिए । लगातार तेस्रो जितपछि मोन्ट्रियल ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द