2026-09-20 06:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दीपेन्द्र सिंह ऐरीद्वारा ग्लोबल टी-२० क्यानडामा अलराउण्ड प्रदर्शन

साउन १०, काठमाडौं । ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा नेपालका दीपेन्द्र सिंह ऐरीले अलराउण्ड प्रदर्शन गर्दै मोन्ट्रिलको जितमा सहयोग गरेका छन् । बुधबार बिहान भएको भ्यानकुभर नाइट्सविरुद्धको खेलमा दीपेन्द्रले बल, ब्याट र फिल्ड सबैमा राम्रो प्रदर्शन गरे ।

दिपेन्द्रको साथ पाएर सेरफान रुथरफोर्डको अविजित ८४ रन मद्दतमा मोन्ट्रियलले १५० रनको लक्ष्य ११ बल अगावै पूरा गर्दै भ्यानकुभरलाई ६ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ ।

रुथरफोर्डलाई आक्रमक ब्याटिङमा साथ दिएका दीपेन्द्रले अविजित २२ रन बनाउन सफल भए । ६७-४ को अवसथ्मा हुँदा क्रिजमा पुगेका दीपेन्द्रले रुथरफोर्डसँग पाँचौ विकेटका लागि अविजित ८६ रनको साझेदारी गरे ।

रुथरफोर्डले ५३ बल खेल्दै ७ चौका र ६ छक्का मदतमा अविजित ८४ रन बनाए । दीपेन्द्रले २२ बल खेलेर २ चौका प्रहार गर्दै २२ रन बनाए । खेलमा दिलप्रित सिंहले २१ र शकिब अल हशनले १२ रन जोडे ।

भ्यानकुभरका फाबिउन एलेनले २ तथा रुबेन ट्रम्पलमेनले १ विकेट लिए । त्यसअघि ब्राम्पटनमा टस हारेर पहिले ब्याटिङ गरेको भ्यानकुभरले २० ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । भ्यानकुभरका लागि फकर जमनले सर्वाधिक ७३ रन बनाए । ५३ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

कप्तान रसी भान डे डुसेनले २३ रन जोडे । फकर जमन र हर्श ठाकुरले अर्धशतकीय साझेदारी गरेपछि दीपेन्द्रले नै यो साझेदारी तोडेका थिए । उनले हर्शलाई रनआउट गरे । त्यसपछि फरक जमन र भान डेर डुसेनको अर्को अर्धशतकीय साझेदारी पनि दीपेन्द्रले नै तोडे । उनले १६औं ओभरमा जमनलाई कार्लोस ब्रेथवेइटेबाट क्याचआउट गराए ।

३ ओभर बलिङ गरेका दीपेन्द्रले एक विकेट लिनुका साथै एक रनआउट गरे । मोन्ट्रियलका लागि कार्लोस ब्रेथवेइटले २ विकेट लिए । लगातार तेस्रो जितपछि मोन्ट्रियल ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो