2026-11-01 05:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

श्रीलंकन क्लबविरुद्ध नेपाल ६ विकेटले पराजित

साउन १०, काठमाडौं | श्रीलंकाको स्थानीय क्लब ब्लुमफिल्ड क्रिकेट एण्ड एथ्लेटिकसँग नेपाल ६ विकेटले पराजित भएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले एसिया कपको तयारीका लागि श्रीलंकामा अभ्यास गरिरहेको छ। नेपालका लागि आजको खेलमा सोमपाल कामीले टिमको कप्तानी सम्हालेका थिए । नेपालले  ब्लूमफिल्डकै मैदानमा टस जितेर ब्याटिङ रोजेको थियो । टस जितेर ब्याटिङ रोजेको नेपाल ४३.४ ओभरमा १९७ रन बनाउँदै अलआउट भएको हो ।

नेपालले दिएको १९८ रनको लक्ष्य ब्लूमफिल्डले २४.३ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । ब्लूमफिल्डका लागि हसिता बोयागोडाले ५३ बलमा ७ चौका र ७ छक्कासहित ९० रनको आक्रमक इनिङ खेले । उनी प्रतिश जि.सीको बलमा अर्जुन साउदबाट क्याच आउट भए ।

ओपनर सानदुन विराकोडी २२ बलमा ५ चौका र १ छक्कासहित ३१ र असिथा वानिनायाके १ रनमा आउट भए । अशान फेनान्डो ५४ बलमा ६ चौका र २ छक्कासहित ५६ रनमा अविजित रहे ।

नेपालका स्पिनर सूर्य तामाङले ६ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि, पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर अर्जुन साउद बाहेक कुनैपनि ब्याटरको प्रदर्शन सन्तोषजनक रहेन । साउदले १ सय १३ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए । आजको खेलमा देव खनाल र विकेटकिपर अर्जुन साउद ओपनर जोडी बनेका थिए ।

ओपनर देव खनाल ३४ बलमा २२ रन बनाए । पहिलो विकेटका लागि देव खनाल र अर्जुन साउदले ३८ रनको साझेदारी बनाएका थिए । तेस्रो क्रममा आएका बाँया हाते ब्याटर गुल्सन झाले अर्जुनसँग ३७ रनको साझेदारी बनाए । उनले २५ बलमा ९ रन मात्रै जोडे ।

सन्दीप जोरा २७ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा आउट भए  । त्यसपछिका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका कुशल मल्ल ३, पवन सरार्फ १०, सोमपाल कामी ११, प्रतिश जि.सी १६ र करण केसी ११ रनमा आउट भए ।

ब्लूमफिल्डका मलिन्डा परेरा, दिनेश समराविक्रमा, निमेश थारुणु र विनिनायाकेले समान दुई विकेट लिए ।

नेपालले दोस्रो अभ्यास खेल शुक्रबार तमिल युनियनसँग खेल्ने भएको छ । दोस्रो खेल पी सारा ओभरलमा नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द