2026-08-24 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला विश्वकप: मोरक्कोसँग हार्‍यो दक्षिण कोरिया

एजेन्सी | एसियाली राष्ट्र दक्षिण कोरिया नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिने सम्भावना बढेको छ । समूह ‘एच’ अन्तर्गतको आइतबार खेलिएको खेलमा मोरक्कोले दक्षिण कोरियामाथि १- ० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्‍यो । 

यसअघि पहिलो खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २- ० गोलले हराएको थियो । दक्षिण कोरियाले समूहगत चरणको तेस्रो तथा अन्तिम खेल अगस्त ३ तारिखमा बलियो जर्मनीसँग खेल्नेछ । समूहमा एक खेल खेलेको जर्मनी तीन अंकसहित पहिलो र समान खेल खेलेको कोलम्बिया पनि तीन अंकसहित दोस्रो स्थानमा छन् । 

दुई खेलबाट तीन अंक बटुलेको मोरक्को भने तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । दुई खेल सकेको दक्षिण कोरिया अंकविहीन छ । तर, उक्त समूहबाट नकआउट चरणमा पुग्ने टोलीहरुको भने अझै टुङ्गो लागेको छैन । हालसम्म समूह ‘जी’ बाट स्विडेन तथा समूह  ‘सी’ बाट स्पेन र जापान प्रतियोगिताको नकआउट चरणमा पुगेका छन् ।  

दक्षिण कोरियाविरुद्घको प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले प्रारम्भमै गोल गरेको थियो । खेल सुरु भएको छैटौं मिनेटमा मोरक्कोका लागि इबतिसाम जराइदीले गोल गरेकी थिइन् । सोही गोल नै मोरक्कोलाई तीन अंक दिलाउन पर्याप्त भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो