2026-11-01 04:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एमबाप्पेको यात्रा इङ्लिस प्रिमियर लिग, भित्र्याउन लिभरपुल तयार !

साउन १४, लन्डन । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल चर्चित स्ट्राइकर केलियन एमबाप्पेलाई भित्र्याउन इच्छुक देखिएको छ । साउदी अरबियन क्लब अल हिलालले गरेको विश्व कीर्तिमानी २५९ मिलियन पाउन्डको प्रस्ताव एमबाप्पेले अस्वीकार गरेपछि लिभरपुल अगाडि सरेको हो ।

लिभरपुलले एमबाप्पेलाई एक वर्षका लागि लोनमा भित्र्याउन छलफल अगाडि बढाएको मिरर डट को डट युकेले उल्लेख गरेको छ । एमबाप्पे र फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी)बीच एक वर्षे सम्झौता बाँकी रहेको छ । पीएसजी यसै वर्ष एमबाप्पेलाई बिदा गरेर आर्थिक आम्दानी गर्ने प्रयासमा छ ।

अल हिलालले गरेको प्रस्ताव पीएसजीले स्वीकार गरे पनि एमबाप्पे तयार देखिएनन् । २४ वर्षे स्ट्राइकर एमबाप्पे सशक्त टोलीमा पुगेर आफ्नो च्याम्पियन्स लिग, बेलोन डीअर, फिफा वर्ष खेलाडी अवार्ड जस्ता सपनाहरु पूरा गर्न चाहन्छन् । पीएसजीसँग लोनमा पठाएर आम्दानी गर्ने दोस्रो विकल्प रहेको छ ।

पहिलो विकल्प ट्रान्सफर शुल्क लिएर बिदा गर्ने हो । तर, एक वर्षमात्र बाँकी रहेकाले ठूला क्लबहरु फ्रि एजेन्टमार्फत एमबाप्पेलाई आबद्ध गर्न चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द