2026-09-21 07:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोनाल्डोको गोलमा अल नासर अरब क्लब कपको सेमिफाइनलमा

साउन २२, एजेन्सी | साउदी अरबको टोली अल–नासरले मोरोक्कोको राजा क्लासबान्कालाईलाई हराउँदै  अरब क्लब कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार प्रिन्स सुल्तान बिन अब्दुल अजिज रंगशालामा भएको खेलमा अल–नासर ३–१ गोलले विजयी भएको हो ।

अल नासरका लागि कप्तान क्रिस्टियानो रोनाल्डो, सुल्तान अल घानाम र सेको फोफानाले १-१ गोल गरेका थिए ।

खेलको १९ औँ मिनेटमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दै साउदी टोलीलाई अग्रता दिलाएका थिए । प्रतियोगिताका तीन खेलमा रोनाल्डोको यो दोस्रो गोल थियो 

१० मिनेटपछि सुल्तान अल–घानामले टोलीको अग्रता दोब्बर बनाए । लगत्तै सेको फोफानाले टोलीलाई तेस्रो गोल गर्दै टोलीलाई ३-०  ले अग्रता दिलाए । ४१ औं मिनेटमा अब्दुल्लाह मादुले आत्मघाती गोल गर्दा क्लासबान्का खेलमा फर्कने संकेत देखिएको थियो । तर त्यसपछि दोस्रो हाफमा गोल हुन नसक्दा अल नासर सेमिफाइनलमा पुगेको हो । अबअल नासरले सेमिफाइनलमा इराकको अल शोर्ताको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो