२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पेनाल्टी सुटआउटमा नाइजेरियालाई स्तब्ध पार्दै इङ्ल्यान्ड क्वार्टरफाइनलमा

२०८०, २२ श्रावण सोमबार १०:५१

साउन २२, काठमाडौँ  | हालसम्म उपाधिको स्वाद चाख्न नपाएको इङ्ल्यान्ड ‘नवौं महिला विश्वकप फुटबल प्रतियोगिता’ को क्वार्टरफाइनलमा पुगेको छ । इङ्ल्यान्ड सोमबार खेलिएको प्रतिस्पर्धात्मक खेलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४—२ गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो । 

इङ्ल्यान्ड र नाइजेरियाबीचको खेल निकै प्रतिस्पर्धात्मक थियो । निर्धारित र थप गरिएको समयमा पनि दुवै टोलीले गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो । पेनाल्टी सुटआउटमा भने इङ्ल्यान्डले आफूलाई अब्बल सावित गर्‍यो । 

पेनाल्टी सुटआउटमा इङ्ल्यान्डका लागि बेथानी इङ्ल्यान्ड, राचेल डाली, एलेक्स ग्रिनउड र म्यागी केलीले गोल गरे । इङ्ल्यान्डकी जर्जिया स्टानवे भने पेनाल्टी सुटआउटमा गोल गर्न असफल भइन् । नाइजेरियाका लागि रासिदात अजिबाड र क्रिस्टी उचेइबीले गोल गरे भने उगोची ओपारोनोजी र मिचेल एलोजी गोल गर्न असफल भए । 

जारी विश्वकपको क्वार्टरफाइनलमा पुग्ने इङ्ल्यान्ड पाँचौं राष्ट्र हो । यसअघि स्विडेन, जापान, स्पेन र नेदरल्यान्ड्स प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेका छन् । प्रिक्वार्टरफाइनलमा स्विडेनले साविक विजेता अमेरिकालाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हराएको थियो । 

यसैगरी अन्य प्रिक्वार्टरफाइनलमा स्पेनले स्विट्जरल्यान्डलाई २—० र जापानले नर्वेलाई ३—१ गोलले हराएका थिए । नेदरल्यान्ड्सले भने दक्षिण अफ्रिकालाई २—० गोलले हराएको थियो । प्रतियोगिताको क्वार्टरफाइनलमा स्पेनले नेदरल्यान्ड्सको सामना गर्नेछ । जापानले भने क्वार्टरफाइनलमा स्विडेनलाई प्रतिद्वन्द्वीको रुपमा पाएको छ । इङ्ल्यान्डको प्रतिद्वन्द्वीको टुङ्गो लाग्न भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण