2026-10-20 11:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग

काठमाडौँ | राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ७ हप्तादेखि गम्भीर चोटका कारण मैदानबाहिर छन् । उनी अष्ट्रेलियाको महिला फुटबल लिग (ए लिग वुमन) खेल्ने क्रममा घाइते भएकी हुन् । सावित्रा भन्छिन्, ‘सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केही समय बितिसक्ने थियो, तर अझै पनि उपचारका लागि भौँतारिएको छु ।’

सावित्राको घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियामा राखिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि पुनः जटिल शल्यक्रियाको आवश्यकता छ । त्यस्तै, अघिल्लो पटक एन्फाको नेतृत्वमा आफ्नो उपचारमा सम्पूर्ण व्यवस्थापन सहयोग भएको तर यसपालि भने अपेक्षित सहयोग नपाइएको सावित्राको गुनासो छ । उनी भन्छन्, ‘चोट लागेपछि ३ साताभित्र क्लबले शल्यक्रियाको मिति तोक्दा पनि एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक पटक प्रयास गरे पनि सम्पर्क हुन सकेन । अघिल्लो साता एन्फा अध्यक्ष आफैँले प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । उहाँले नगद ५ लाख रुपैयाँ सहयोग गर्ने र अन्य प्रक्रिया आफैँ गर्न भन्नुभयो ।’

सावित्राले थपिन, ‘क्लब न्यूजिल्याण्डको स्थानीय अस्पतालमा मेरो उपचार गर्न तयार छ । तर, मेरो चोट गम्भीर छ । मैले पछिल्लो पटक कतारको अस्पेटारमा उच्च स्तरको उपचार गराएकी थिए र म पुनः सोही अस्पतालमा उपचार गराउन चाहन्छु । मेरो उपचारमा करिब ८० हजार अमेरिकी डलर खर्च हुने अनुमान छ ।’सावित्राले आर्थिक रूपमा सहयोगको याचना गर्दै भनिन्, ‘मैले आफ्नो करियरमा सधैँ कठिनाइहरूको सामना गरेकी छु । यस पटक पुनः माथि उठ्न तपाईँको सहयोग आवश्यक परेको छ । आफ्नो अभिभावक मानेको एन्फा नै पछि हटेपछि मेरो साथमा अब आम समर्थकहरू हुनुहुन्छ । मैले देशको लागि सधैँ शत प्रतिशत दिएकी छु र भविष्यमा पनि दिन तत्पर छु । आर्थिक रूपमा मैले आजसम्म आर्जन नगरेको रकम यही उपचारका लागि आवश्यक परेको छ ।’

सावित्राले आफ्ना समर्थकहरूलाई अपिल गर्दै थपिन्, ‘मैले यो अवस्था आउला भन्ने सोचेको थिइन । राष्ट्रिय टोलीको कप्तानको रूपमा मैले यस कठिन परिस्थितिसँग सामना गर्नुपर्‍यो भने अरू खेलाडीको अवस्था कस्तो होला ? सोच्नुस् । तपाईँको सहयोगले मात्र म पुनः मैदान फर्कन सक्छु ।’

सावित्राको उक्त अपिलपछि नेपाली फुटबल र खेलकुद प्रेमीहरूले सावित्रालाई आवश्यक सहयोग जुटाउने दिशामा अग्रसर गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ