५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मनोज तिवारीले लिए सन्यास फिर्ता, थप एक वर्ष बंगालबाट खेल्ने

२४ श्रावण २०८०, बुधबार ०९:४०

साउन २४, काठमाडौँ | भारतीय ब्याटर मनोज तिवारीले सन्यासको घोषणा लिएको पाँच दिन पश्चात आफ्नो निर्णय फिर्ता लिएका छन् । उनले सन्यासको घोषणाबाट एक वर्ष पछि सारेर बंगालको टिमबाट खेल्ने भएका हुन् ।

उनले निकै भावुक स्वभावको भएका कारण आफूले यस्तो गरेको उनले बताए । ईएसपीएन क्रिकइन्फोका अनुसार उनले मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्नो घोषणाबारे पुर्नविचार गर्दै एक वर्ष रणजी ट्रफीमा बंगालबाट खेल्ने बताएका हुन् ।


उनले भने, ‘मलाई राज (गांगुली)ले एक वर्ष रणजी ट्रफी खेल्न मनाउनु भयो । मैले यो कुरा घरमा श्रीमतीलाई पनि सुनाएँ, उनी पनि यो कुरामा सहमत भइन् । पछिल्लो वर्ष बंगालले मेरो कप्तानीमा रणजी ट्रफीको फाइनल प्रवेश गरेको थियो ।’

उनलेसमर्थकहरुको पनि धेरै म्यासेज आएको र उनीहरुले सन्यासबारे पुनर्विचार गर्न भनेको उनले बताएका थिए ।

‘शुभचिन्तकहरुले पनि मलाई म्यासेज गरेर पुनर्विचार गर्न भने ।’ उनले एक वर्ष रणजी ट्रफी खेलेर मैदानबाट नै सन्यास लिनेबारे सोचेको बताए ।

उनले सन्यासको घोषणाको पछाडि केही ठोस कारण नभएको र त्यो बेला उनी अलमल्ल रहेको बताए ।

‘म त्यति बेला निकै अलमल थिएँ’, तिवारीले आफू निकै भावुक भएका कारण आफूले केही नसोची सन्यासको घोषणा गरेको बताए । ‘मानिसले कहिले कहीँ गल्ती गर्छ मैंले पनि त्यहि गरेँ, पछि पुनर्विचार गरेर मैले सन्यासबाट एक वर्ष पछि हटेको हुँ’, उनले भने, ‘बंगाल क्रिकेटले मलाइं सबैथोक दिएको छ । त्यसैले मैले पनि बंगाललाई एक वर्ष दिने निर्णय गरें । अर्को वर्ष सन्यासको घोषणा पछि भने म पुन फर्किन्न । म थोरै स्वार्थी भएको थिएँ । मैले केही दिनमा महसुस गरें कि यो सामुहिक निर्णय होइन ।’

उनले २०२३–२४ को सिजनमात्रै खेल्ने निश्चित गरेका हुन् । उनले १४१ फस्ट क्लास क्रिकेट खेलेका छन् । जसमा उनी ९२ रनले मात्रै १० हजार रन बनाउनबाट पछि छन् ।

उनले २९ शतक र ४५ अर्धशतक बनाएका छन् । अन्तर्राष्ट्रिय खेलमा उनले १२ एकदिवसीय खेलेका छन् भने टी–२० अन्तर्राष्ट्रियमा उनले २००८ देखि २०१५ सम्म खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता