2026-08-24 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मनोज तिवारीले लिए सन्यास फिर्ता, थप एक वर्ष बंगालबाट खेल्ने

साउन २४, काठमाडौँ | भारतीय ब्याटर मनोज तिवारीले सन्यासको घोषणा लिएको पाँच दिन पश्चात आफ्नो निर्णय फिर्ता लिएका छन् । उनले सन्यासको घोषणाबाट एक वर्ष पछि सारेर बंगालको टिमबाट खेल्ने भएका हुन् ।

उनले निकै भावुक स्वभावको भएका कारण आफूले यस्तो गरेको उनले बताए । ईएसपीएन क्रिकइन्फोका अनुसार उनले मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्नो घोषणाबारे पुर्नविचार गर्दै एक वर्ष रणजी ट्रफीमा बंगालबाट खेल्ने बताएका हुन् ।

उनले भने, ‘मलाई राज (गांगुली)ले एक वर्ष रणजी ट्रफी खेल्न मनाउनु भयो । मैले यो कुरा घरमा श्रीमतीलाई पनि सुनाएँ, उनी पनि यो कुरामा सहमत भइन् । पछिल्लो वर्ष बंगालले मेरो कप्तानीमा रणजी ट्रफीको फाइनल प्रवेश गरेको थियो ।’

उनलेसमर्थकहरुको पनि धेरै म्यासेज आएको र उनीहरुले सन्यासबारे पुनर्विचार गर्न भनेको उनले बताएका थिए ।

‘शुभचिन्तकहरुले पनि मलाई म्यासेज गरेर पुनर्विचार गर्न भने ।’ उनले एक वर्ष रणजी ट्रफी खेलेर मैदानबाट नै सन्यास लिनेबारे सोचेको बताए ।

उनले सन्यासको घोषणाको पछाडि केही ठोस कारण नभएको र त्यो बेला उनी अलमल्ल रहेको बताए ।

‘म त्यति बेला निकै अलमल थिएँ’, तिवारीले आफू निकै भावुक भएका कारण आफूले केही नसोची सन्यासको घोषणा गरेको बताए । ‘मानिसले कहिले कहीँ गल्ती गर्छ मैंले पनि त्यहि गरेँ, पछि पुनर्विचार गरेर मैले सन्यासबाट एक वर्ष पछि हटेको हुँ’, उनले भने, ‘बंगाल क्रिकेटले मलाइं सबैथोक दिएको छ । त्यसैले मैले पनि बंगाललाई एक वर्ष दिने निर्णय गरें । अर्को वर्ष सन्यासको घोषणा पछि भने म पुन फर्किन्न । म थोरै स्वार्थी भएको थिएँ । मैले केही दिनमा महसुस गरें कि यो सामुहिक निर्णय होइन ।’

उनले २०२३–२४ को सिजनमात्रै खेल्ने निश्चित गरेका हुन् । उनले १४१ फस्ट क्लास क्रिकेट खेलेका छन् । जसमा उनी ९२ रनले मात्रै १० हजार रन बनाउनबाट पछि छन् ।

उनले २९ शतक र ४५ अर्धशतक बनाएका छन् । अन्तर्राष्ट्रिय खेलमा उनले १२ एकदिवसीय खेलेका छन् भने टी–२० अन्तर्राष्ट्रियमा उनले २००८ देखि २०१५ सम्म खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो