५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मेस्सीको कप्तानीमा मियामीले चार्लोट एफसीलाई ४–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश

२७ श्रावण २०८०, शनिबार ०६:१५

साउन २७, काठमाडौँ | लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले चार्लोट एफसीलाई हराउँदै  लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको खेलमा चार्लोट एफसीलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै इन्टर मियामी सेमिफाइनलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा मियामीका लागि जोसेफ मार्टिनेज, रोबर्ट टेलर र लिओनेल मेस्सीले १–१ गोल गरेका थिए । अर्को गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो ।


खेलको १२औं मिनेटमा पेनाल्टी मार्फत जोसेफ मार्टिनेजले गोल गरेका थिए। यस्तै, ३२औं मिनेटमा रोबर्ट टेलरले अग्रता दोब्बर बनाए। ७८औं मिनेटमा चार्लटका मालान्दाले आत्मघाती गोल गर्दै मियामीलाई तीन गोलको अग्रता दिलाए।

खेलको ८६औं मिनेटमा अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सीले गोल गरे। 

यसै सिजन युरोप छाडेर एमएलएसमा अनुबन्ध भएका कप्तान मेस्सीले पाँच खेलमा लगातार गोल गर्दै राम्रो प्रदर्शन गरेका छन् । उनले पाँच खेलमा ८ गोल गरेका छन् ।

मियामीले अब सेमिफाइनलमा फिलाडेल्फिया युनियन र क्वेरेटारोको विजेतासँग खेल्नेछ । 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता