२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मेस्सीको कप्तानीमा मियामीले चार्लोट एफसीलाई ४–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश

२०८०, २७ श्रावण शनिबार ०६:१५

साउन २७, काठमाडौँ | लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले चार्लोट एफसीलाई हराउँदै  लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको खेलमा चार्लोट एफसीलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै इन्टर मियामी सेमिफाइनलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा मियामीका लागि जोसेफ मार्टिनेज, रोबर्ट टेलर र लिओनेल मेस्सीले १–१ गोल गरेका थिए । अर्को गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो ।


खेलको १२औं मिनेटमा पेनाल्टी मार्फत जोसेफ मार्टिनेजले गोल गरेका थिए। यस्तै, ३२औं मिनेटमा रोबर्ट टेलरले अग्रता दोब्बर बनाए। ७८औं मिनेटमा चार्लटका मालान्दाले आत्मघाती गोल गर्दै मियामीलाई तीन गोलको अग्रता दिलाए।

खेलको ८६औं मिनेटमा अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सीले गोल गरे। 

यसै सिजन युरोप छाडेर एमएलएसमा अनुबन्ध भएका कप्तान मेस्सीले पाँच खेलमा लगातार गोल गर्दै राम्रो प्रदर्शन गरेका छन् । उनले पाँच खेलमा ८ गोल गरेका छन् ।

मियामीले अब सेमिफाइनलमा फिलाडेल्फिया युनियन र क्वेरेटारोको विजेतासँग खेल्नेछ । 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण