रोनाल्डो चम्किँदा अल नासरलाई अरब क्लब च्याम्पियन्स कपको उपाधि

Posted on: 13 Aug, 2023

साउन २८, काठमाडौँ | क्रिस्टियानो रोनाल्डो चम्किँदा अरब क्लब च्याम्पियन्स कपको उपाधि साउदी क्लब अल नासरले जितेको छ ।

क्रिस्टियानो रोनाल्डोले अरब क्लब च्याम्पियन्स कपको फाइनलमा अल नासरलाई उल्लेखनीय जित दिलाएर २०२१ पछि आफ्नो पहिलो ट्रफी जितेका छन्।


गएराति किङ पाद स्टेडियम साउदीमा भएको फाइनल खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनसँगै अल नासर च्याम्पियन बनेको हो ।

 १० जना खेलाडीसँग खेल्दा पनि अल नासरले साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २–१ को पुनरागमन जित निकाल्दै विजयी भयो ।


अल नासरका लागि कप्तान रोनाल्डोले दुई गोल गरे भने अल हिलालका माइकलले एक गोल गरेका थिए । 

दोस्रो हाफको सुरुमा ब्राजिलका विङ्गर माइकलले अल–हिलाललाई हेड मार्फत गोल  गरेका थिए भने ७१औं मिनेटमा अब्दुलाह अल–अम्रीले लास्ट म्यान फाउल गर्दा अल नासर १० खेलाडीमा सिमित भएका थिए । 

अरब क्लब च्याम्पियन्स कपमा रोनाल्डोको यो छैटौँ खेलमा छैटौँ गोल हो । उनले समूह चरणको पहिलो खेलमा बाहेक त्यसपछिका सबै खेलमा गोल गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!