५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोनाल्डोको हातमा १२ करोडको घडी

२८ श्रावण २०८०, आईतवार १२:४१

एजेन्सी | समकालीन विश्व फुटबलका महान खेलाडी हुन्, क्रिस्टियानो रोनाल्डो । पोर्चुगलका ३८ वर्षीय यी स्ट्राइकरले विश्वका चर्चित क्लबहरुबाट ब्यवसायिक फुटबल खेलेर आफ्नो उत्कृष्टता सिद्ध गरिसकेका छन् ।  पोर्चुगलको स्पोर्टिङ सीपीको सिनियर टोलीबाट ब्यवसायीक खेलजीवनमा ‘डेब्यू’ गरेका रोनाल्डोले त्यसयता इङ्ल्यान्ड, स्पेन र इटालीका चर्चित क्लबहरुबाट आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् । उनले लामो समय म्यानचेस्टर युनाइटेडबाट खेले ।

त्यसपछि उनी स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडमा आबद्ध भए । नौ वर्ष रियल म्याड्रिडमा बस्दा उनले क्लबलाई थुप्रै महत्वपूर्ण सफलता दिलाए । रियल म्याड्रिडमा लामो समय बिताएपछि उनी इटालियन क्लब युभेन्ट्सतिर लागे ।  तीन वर्ष युभेन्ट्समा बिताएर उनी फेरि म्यानचेस्टर युनाइटेड फर्किए । अहिले उनी साउदी अरेबियाको क्लब अल—नासरमा आबद्ध छन् । साउदी लिग खेल्न उनी कीर्तिमानी रकममा अल-नासरमा आबद्ध भएका हुन् । 

यतिबेला उनी साउदी लिगका सबैभन्दा प्रभावशाली खेलाडी हुन् । साउदी अरेबियामा उनको जीवन शैली पनि भब्य छ । उनको हरेक सुविधामा साउदी सरकारले विशेष ध्यान पुर्‍याएको छ । उनी विश्व खेलकुदकै सर्वाधिक कमाउने खेलाडीको सूचिमा पनि अग्रस्थानमा पर्छन् । उनले हालै साउदीस्थित आफ्नो निवासको कौशीमा बसेर कुनै तातो पेय पदार्थ पिउँदै गरेको तस्बिर सार्वजनिक गरे । उनले आफ्नो उक्त तस्बिर सामाजिक सञ्जाल ईन्स्टाग्राममार्फत सार्वजनिक गरेका थिए । तस्बिरमा उनले बायाँ हातले मग समातेको देखिन्छ । 

रोनाल्डोको त्यो तस्बिर सार्वजनिक भएपछि अरु कुराले भन्दा पनि उनले आफ्नो बायाँ हातमा लगाएको घडीले धेरैको ध्यान तान्यो । सामान्यजस्तै देखिए पनि रोनाल्डोले लगाएको त्यो नाडी घडी मूल्यको हिसाबले निकै विशेष थियो ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार, रोनाल्डोले लगाएको निलो रङको घडी बनाउन सुनको प्रयोग गरिएको छ । त्यो घडी ‘ज्याकोब एन्ड को’ कम्पनीले तयार पारेको हो । उक्त घडीको मूल्य सात लाख ५० हजार ब्रिटिस पाउण्ड (करिब १२ करोड ६५ लाख ४४ हजार नेपाली रुपैयाँ) पर्छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता