२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोनाल्डोको हातमा १२ करोडको घडी

२०८०, २८ श्रावण आईतवार १२:४१

एजेन्सी | समकालीन विश्व फुटबलका महान खेलाडी हुन्, क्रिस्टियानो रोनाल्डो । पोर्चुगलका ३८ वर्षीय यी स्ट्राइकरले विश्वका चर्चित क्लबहरुबाट ब्यवसायिक फुटबल खेलेर आफ्नो उत्कृष्टता सिद्ध गरिसकेका छन् ।  पोर्चुगलको स्पोर्टिङ सीपीको सिनियर टोलीबाट ब्यवसायीक खेलजीवनमा ‘डेब्यू’ गरेका रोनाल्डोले त्यसयता इङ्ल्यान्ड, स्पेन र इटालीका चर्चित क्लबहरुबाट आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् । उनले लामो समय म्यानचेस्टर युनाइटेडबाट खेले ।

त्यसपछि उनी स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडमा आबद्ध भए । नौ वर्ष रियल म्याड्रिडमा बस्दा उनले क्लबलाई थुप्रै महत्वपूर्ण सफलता दिलाए । रियल म्याड्रिडमा लामो समय बिताएपछि उनी इटालियन क्लब युभेन्ट्सतिर लागे ।  तीन वर्ष युभेन्ट्समा बिताएर उनी फेरि म्यानचेस्टर युनाइटेड फर्किए । अहिले उनी साउदी अरेबियाको क्लब अल—नासरमा आबद्ध छन् । साउदी लिग खेल्न उनी कीर्तिमानी रकममा अल-नासरमा आबद्ध भएका हुन् । 

यतिबेला उनी साउदी लिगका सबैभन्दा प्रभावशाली खेलाडी हुन् । साउदी अरेबियामा उनको जीवन शैली पनि भब्य छ । उनको हरेक सुविधामा साउदी सरकारले विशेष ध्यान पुर्‍याएको छ । उनी विश्व खेलकुदकै सर्वाधिक कमाउने खेलाडीको सूचिमा पनि अग्रस्थानमा पर्छन् । उनले हालै साउदीस्थित आफ्नो निवासको कौशीमा बसेर कुनै तातो पेय पदार्थ पिउँदै गरेको तस्बिर सार्वजनिक गरे । उनले आफ्नो उक्त तस्बिर सामाजिक सञ्जाल ईन्स्टाग्राममार्फत सार्वजनिक गरेका थिए । तस्बिरमा उनले बायाँ हातले मग समातेको देखिन्छ । 

रोनाल्डोको त्यो तस्बिर सार्वजनिक भएपछि अरु कुराले भन्दा पनि उनले आफ्नो बायाँ हातमा लगाएको घडीले धेरैको ध्यान तान्यो । सामान्यजस्तै देखिए पनि रोनाल्डोले लगाएको त्यो नाडी घडी मूल्यको हिसाबले निकै विशेष थियो ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार, रोनाल्डोले लगाएको निलो रङको घडी बनाउन सुनको प्रयोग गरिएको छ । त्यो घडी ‘ज्याकोब एन्ड को’ कम्पनीले तयार पारेको हो । उक्त घडीको मूल्य सात लाख ५० हजार ब्रिटिस पाउण्ड (करिब १२ करोड ६५ लाख ४४ हजार नेपाली रुपैयाँ) पर्छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण