गोल डटकमका अनुसार नेमार र साउदी क्लब अल हिलालबीच सह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोल डटकमका अनुसार नेमार र साउदी क्लब अल हिलालबीच सह"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेमार पनि साउदी अरबतिर !

२९ श्रावण २०८०, सोमबार ०७:३६

एजेन्सी | ब्राजिलियन स्टार नेमार पनि साउदी अरब जाने तय भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

गोल डटकमका अनुसार नेमार र साउदी क्लब अल हिलालबीच सहमति भएको छ। नेमार हाल फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध छन् ।


अन्य क्लबमा जान दबाब बढाउँदै पीएसजीले नेमारलाई सिजनको पहिलो खेलमा मैदान उतारेको थिएन । यसअघि अल हिलालले गरेको प्रस्ताव पीएसजीले स्विकारिसकेको छ ।

यसअघि पीएसजीले सन् २०१७ मा नेमारलाई बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्य तिरेर भित्र्याएको थियो । ३१ वर्षीय नेमार गत मार्चयता मैदान उत्रिएका छैनन्। यसबीचमा उनले गोलिगाँठा लिगामेन्टको शल्यक्रिया गरेका थिए ।

गत वर्ष क्रिस्टियानो रोनाल्डो अल नासरमा आबद्ध भएपछि युरोपमा खेलिरहेका विश्व चर्चित खेलाडीको आकर्षण साउदी क्लब फुटबलमा देखिएको छ ।

सेडियो माने, करिम बेन्जेमा, फिरमिनोसहित थुप्रै विश्व चर्चित खेलाडीहरू यसबीचमा साउदी अरबको प्रो लिगका लागि आबद्ध भइसकेका छन् ।

यसअघि नेमार आफ्नो पूर्व क्लब बार्सिलोनामा पनि फर्किन सक्ने चर्चा चलेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता