2026-09-21 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अल नासर नयाँ सिजनको पहिलो खेलमै पराजित

साउन ३०, काठमाडौँ | पोचुर्गिज कप्तान क्रिस्टियानो रोनाल्डोको टिम अल नासर साउदी प्रो लिग २०२३–२४ को पहिलो खेलमै पराजित भएको छ ।

अल नासर सोमबार राति भएको खेलमा साविक विजेता समेत रहेको अल–इत्तिहादसँग २–१ ले पराजित भएको हो । घरेलु मैदान प्रिन्स मोहम्मद बिन फहद रंगशालामा भएको खेलमा इत्तिहादले पहुना टिमले बनाएको १–० को अग्रता उल्ट्याउँदै जित निकालेको हो ।

इत्तिहादको जितमा रोबिन क्वेसन र मोउसा डेम्बेलेले गोल गरे । अल–नासरका लागि साडियो मानेले गोल गरेका थिए । खेलको चौथो मिनेटमा मानेको गोलबाट नासरले अग्रता बनाएको थियो । यही गोलमा नासरले पहिलो हाफसम्म साविक विजेताविरुद्ध १–० को अग्रता बनाएको थियो ।

तर, ४७औँ मिनेटमा क्वेसनले गोल गर्दै इत्तिहादलाई खेलमा फर्काएका थिए । त्यसको पाँच मिनेटपछि नै डेम्बेलेले गोल गर्दै इत्तिहादलाई २–१ को अग्रतामा राखे । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा इत्तिहादले नयाँ सिजनको सुखद सुरुआत गर्‍यो ।

जितसँगै पहिलो खेलबाट तीन अंक जोडेको इत्तिहाद तालिकको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमै हार व्यहोेरेको रोनाल्डोको टिम १२औँ स्थानमा छ । इत्तिहादविरुद्ध नासरका कप्तान समेत रहेका रोनाल्डो मैदानमा उत्रिएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो